बलत्कार अभियोगमा पर्वतका एक युवा पक्राउ

पर्वत, २१ जेठ– रघरमा सुत्केरी श्रीमती छाडेर परस्त्री खोज्ने एक युवा बलात्कार अभियोगमा पक्राउ परेका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवाका ३५ बर्षिया दुर्गाबहादुर क्षेत्री बलात्कार अभियोगमा पक्राउ परेका हुन । क्षेत्रीले बुधबार एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनलाई जर्बजस्ती करणी अभियोगमा पर्वत जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । घरमा भएकी सुत्केरी श्रीमतीलाई सुसार नगरि परस्त्री खोज्न हिडेका क्षेत्री यस अघि पनि बलात्कार गरेको र धम्क्याएर फेरी दोस्रो दिन पनि बलात्कार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।