राष्ट्रिय सभाका अध्यक्षले गरे भगत सर्वजित स्मारिका विमोचन

बागलुङ, २२ जेठ– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमबारै दलित अधिकारका अभियन्ता भगत सर्वजित विश्वकर्माको योगदानमा आधारित स्मारिका बिमोचन गरेका छन् । भगत सर्वजित प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकाले दलित आन्दोलनको चिनारी गरेको छ । दलित मुक्तीको आन्दोलनमा उनले खेलेको भूमिका बारेमा स्मारिकामा चर्चा गरिएको छ । बिसं १९५० मा बागलुङको मुलपानीमा जन्मेका विश्वकर्माले भारतमा पुगेर संस्कृत अध्ययन गरेपछि नेपाल फर्केर छुवाछुत र दलित अधिकारको पक्षमा लागेको ईतिहास छ । संस्कृत, बेद र पुराणहरुको अध्ययन गरेका उनले जनै लगाउने चलन बसालेको जानकारहरु बताउँछन् । ‘दलितले पनि समान अधिकार पाउनुपर्छ भन्ने पहिलोपटक आबाज उठाउने उहाँ हुनुहुन्थ्यो’ प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विश्वकर्माले भने, ‘अहिले पनि दलीतले अझै भेदभाव भोग्नु परेको छ, अब यो समस्या निमिठ्यान्न पार्नुपर्छ ।’ स्मारिका बिमोचन गर्दै तिमिल्सिनाले नेपालको संविधानले दलित अधिकारमा फड्को मारेको बताए । साथै संविधानको मौलिक हकमै दलितको हकको व्यवस्था गरेकोले समाजमा बिभेद अन्त्यमा सहयोग पुग्ने बताए । प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विकको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष रामकृष्ण सुनारको स्वागत र महासचिव परशुराम विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तिमिल्सिनालाई सम्मान गरिएको थियो ।