राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाका बागलुङमा बिबिध कार्यक्रम

थापालाई समबेदना, नगरपालिकाको स्वागत, उद्योगा बाणिज्य संघको ध्यानाकर्षण

बागलुङ, २२ जेठ–राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई आवस्यक पर्ने कानून छिटो बनाउने अभियानमा लागेको बताएका छन् । अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक बागलुङ आएका तिमिल्सिनाले बिधेयक अधिवेसन सकिएर बजेट अधिवेसन शुरु भएपनि कानून निर्माणमा लागि रहेको बताए । ‘बजेटमा पनि छलफल चलिरहेको छ, देशका आवस्यक कानून बनाउने काम पनि भैरहेको छ’ उनले भने, ‘प्रदेश र स्थानीय तहहरु पनि छिटै सक्ष्मम भएर काम गर्न सकुन भनेर लागेका छौं ।’ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबार उनले सम्बोधन गरेका थिए ।
स्थानीय तहहरु सरकार र स्वायत्त भएकोले आँफै काम गर्न पनि सक्षम भएको उनको भनाई थियो । स्थानीय तहमा राजश्व संकलन, आवस्यकता अनुसारको काम गर्न कसैले नरोक्ने उनले बताए । केही कानून केन्द्र र प्रदेशबाट आउनुपर्दा ढिला भएको भने उनले बताए । अध्यक्षको नाताले छिटो कानून बनाएर काम गर्ने वातावरण बनाउन पहल गर्ने उनले बताए । त्यस्तै अध्यक्ष तिमिल्सिनाले दुइतिहाई बहुमतको सरकारले गरेको कामबाट राष्ट्रिय सभालाई कुनै अप्ठ्यारो नपर्ने पनि बताए । सरकारको काम भएपनि जनचाहना बिपरित भएमा राष्ट्रिय सभाले रोक लगाउन सक्ने उनले बताए । यस अघिका संसदमा पनि केही घटनामा राष्ट्रियसभाले सरकार र प्रतिनिधिसभालाई कर्तव्य बोध गराएको टिप्पणी गरेका थिए । कतिपय बिधेयकहरु राष्ट्रियसभाबाटै उठान भएर निष्कर्षमा लैजान पनि सकिने भन्दै उनले नैतिक दायित्व निर्वाह गर्न कुनै कसुर नराख्ने बताए ।
उनले संघिय लोकतान्त्रिक गणतन्त्रका मर्म विपरित हुने क्रियाकलापमा खवरदारी गर्ने पनि बताए । बर्तमान सरकारले ल्याएको बजेटको तिमिल्सिनाले बचाउ गरेका थिए । उनले संघिय सरकारले बजेटको ठूलो हिस्सा राखेकोप्रति बचाउ गर्दै ठूला आयोजना पनि केन्द्रले संचालन गर्ने बताए । अझै स्थानीय सरकार सक्षम नभएको, कर्मचारी आइनसकेको कारणले केन्द्रले धेरै बजेट राखेको उनको भनाई थियो । ठूला सडक, जलविद्युत लगायतको काममा केन्द्र सरकारको लगानी हुने भएकोले बजेट केन्द्रमा राखेको बताए । एकैपटक बजेट स्थानीय तहमा दिंदा खर्च गर्न नसकेर फ्रिज हुने उनको दावी थियो । यसैबिच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले तत्कालिन नेकपा एमाले जिल्ला समितीका सचिव लाल थापालाई उनकै निवासमा भेटेर समबेदना व्यक्त गरेका छन् । थापा निवास बानपा–९ तित्याङ पुगेका तिमिल्सीनाले थापाका पिताको मृत्युले मर्माहत बनाएको भन्दै समबेदना व्यक्त गरेका थिए । यसैबिच राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी कोरिडार र मध्यपहाडी लोकमार्गको कामलाई तिब्रता दिन बागलुङ उद्योगा बाणिज्य संघले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनको ध्यानाकर्षण गराएको छ । सोमबार बागलुङ आएका अध्यक्ष तिमिल्सीनालाई स्वागत तथा सम्मान गर्दै संघले ध्यानाकर्षण गराएको हो । छिमेकी जिल्ला पर्बत निवासी तिमिल्सिना देशको उपल्लो सदन रास्ट्रिय सभामा पुगेकोमा खुशी भएको भन्दै संघका अध्यक्ष जयराम भारीले फूल, माला, खादा ,अबिर तथा सम्मान पत्र दिएर सम्मान गरका थिए  ।
संघको सम्मान ग्रहण गर्दै तिमिल्सीनाले न्यायोचित बिकासको लागि आफ्नो तर्फबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । देश संघिय संरचनामा गएकाले पहिलेको जस्तो अवस्था नरहेको भन्दै तिमिल्सीनाले न्यायोचित बिकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पर्बत जिल्लाका प्रदेश सभाका सांसद जुना नेपाली, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, महिला उद्धमी बिकास समितिका अध्यक्ष भगवती केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष लगायतले बोलेका थिए । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको धन्यवाद ज्ञापन र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।