गजल 

भाइले भन्छ मास्टर जागीर आज बाटै छोड दिदी
नेता बन्छौ राजनीतिमै नाता साइनो जोड दिदी।

बिलक्षण प्रतिभा छ बुझ्नु पर्छ आफ्नो खुबी 
जोश जाँगर उमेर छदै नयाँ बाटो मोड दिदि ।

आकाशियो बजार भाउ नुन र सुनको मुल्य बढयो
कालो बजार घुसखोरिको माकुरी जाल तोड दिदी ।

दिनहु जसो बन्द हडताल रोकियन चक्काजाम
दलाल गुन्डा तस्करको साङ्ले जाल फोड दिदी ।

सिंह आए गाउँ-गाउँमा आएन खै दरबार त
भर्ने दाउ छ आफ्नै भुडी देशलाई पर्यो लोड दिदी ।

लमही-५, दाङ