शिल्पा बनिन् ‘वीरा‌ंगना’

राजवहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘वीरा‌ंगना’को पोस्टर सार्वजनिक भएको छ। असार २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस फिल्मका मंगलबार एकसाथ चार पोस्टर सार्वजनिक भएका हुन्। शिल्पा पोखरेल, अनुपविक्रम शाही र पृथ्वीराज प्रसाईंको भूम्य भूमिका रहेको यस फिल्मको पोस्टरमा पनि यिनै तीन कलाकारलाई प्रमुखताका साथ देखाइएको छ।
नारीप्रधान एक्सन चलचित्र भएका कारण यसको पोस्टरमा शिल्पालाई घोडा र बाँदरसँगै एक्सन लुक्समा देख्न सकिन्छ। त्यस्तै प्रसाईं र शाहीलाई पुलिसवालाको भूमिकामा देखाइएको छ। यी तीनका अलावा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको पनि यस फिल्ममा अभिनय रहेको छ। फिल्ममले सीमा क्षेत्रमा हुने गरेका अपराध र त्यसको नियन्त्रणमा सशस्त्र प्रहरीले पुर्‍याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरताको बारेमा बोल्ने काम गरेको निर्देशक सानेले जानकारी दिए।