बागलुङको निसीखोलामा विद्यालय बनाउँदै नेपाली सेना

बागलुङ, २४ जेठ– नेपाली सेनाले निसीखोलाको एक विद्यालयको भवन निर्माणमा सहयोग गरेको छ । घोडाबाँधे स्थित अर्जुनबाँण गणले निसीखोला २ स्थित हिमालय प्राथमिक विद्यालयको भवन निर्माणका लागि श्रमदान र आर्थिक सहयोग गरेको हो । बिद्यालयको भवन निर्माणका लागि ३५ जना जवान गएर नियमित काम गरिदिएका हुन् । विद्यालयमा पुराना र जीर्ण भवन छन् । धेरै बालबालिका पढ्ने लेख्ने भएपनि यहाँ बालबालिकाले पर्याप्त कोठा पाएका थिएनन् । पुरानो र जीर्ण भवनमा बस्दा दुर्घटनाको जोखिम थियो । भूकम्पको समय र गत बर्षको बाढी पहिरोलेपनि यो विद्यालयमा केही खतरा पुगेको थियो । विद्यालयको खेल मैदानमा पनि खाडल परेकोले विद्यार्थीहरु जान डराउँथे ।
उक्त स्थानको समस्याबारे जानकारी भएपछि सेनाले भवन बनाउने काममा सहयोग गरेको गणपति भुवनराज देवकोटाले बताए । कुल १२ लाख रुपैयाँको भवनका लागि गाउँपालिकाले पहिलो चरणमा ५ लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । सेनाले १ लाख ५० हजार रुपैयाँ नगद र दुइ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान गरेर ४ लाखको सहयोग पु¥याउन लागेको हो । गाउँपालिकाले दिएको ५ लाखले नपुग्ने भएपछि पुन ३ लाख थप गरेर ८ लाख पु¥याईदिएको प्रधानाध्यापक टेकबहादुर छन्त्यालले बताए । भवन जीर्ण भएपछि आर्थिक अभावले गाउँलेले भवन बनाउन सकेका थिएनन् । गाउँपालिकाले सहयोग गर्न योग्य विद्यालय देखाईदिएपछि सेनाले गतेदेखि गाउँमै बसेर भवन बनाइरहेको हो । भूकम्प प्रतिरोधी र ढलान सहितको भवन बनाईदिने निर्णयले स्थानीय खुसी भएका छन् ।