पानीलाई प्राथमिकता

गर्मी बढेसँगै जिल्लाका अधिकांश ठाउँमा खानेपानीको समस्या देखिन थालेको छ । जिल्लाका १० वटै स्थानिय तहका कुनै न कुनै गाउँमा खानेपानीको समस्या देखापरेको छ । नमुनाको रुपमा लिने होभने बागलुङ नगरपालिकाको भिरलाखुरी, ढोरपाटन नगरपालिकाको वडा नं. १, बरेङ गाउँपालिकाको बरेङ बजार र जैमिनीको छिस्तीमा रहेको खानेपानी समस्या प्रतिनिधिमुलक समस्या मात्रै हुन् । बागलुङ बजारदेखी पस्चिम बोबाङ सम्ममा बर्षेनी यस्ता खालका समस्या देखा पर्ने गरेको भएपनि समस्याको दिर्घकालिन समाधान भने खोज्ने गरिएको छैन् । बर्षेनि खानेपानीको चरम अभाव भोगीरहेको भएपनि स्वयम् उपभोक्ता पनि यस बिषयमा कम चासो राख्ने गरेका छन्भने सरोकार राख्ने निकायले पनि विकासे योजना निर्माण गर्दा खानेपानीलाई कम महत्वका साथ लिने प्रवृत्तिले पनि खानेपानीको दिर्घकालीन समाधान खोज्न नसकिएको हो ।
लामो समयको संक्रमणलाई चिरेर बनेको नयाँ संरचना बनेका स्थानिय तह र जनप्रतिनिधि सँगबाट आम सर्वसाधारणले खानेपानीको समस्या समाधानको दिर्घकालिन उपाय खोजीरहेको भएपनि यो समस्या योजना निर्माणका क्रममा पहिलो प्राथमिकतामा पर्न सकेको छैन । एकातर्फ बढ्दै गईरहेको गर्मिका कारण पानीका मुहान सुक्न थालेका छन्भने अर्कोतर्फ जनसंख्याको वृद्धिका कारण चाहेको जति पानी उपलव्ध हुने अवस्था छैन् । अझै महत्वपुर्ण विषय त के होभने हामीले विकासका नाममा सडक निर्माण गर्दा मासिएको जंगल, पानी सञ्चित भएर मुहानलाई सहयोग गर्ने पोखरी तथा ताल र पानीका मुहान नै जमिनमा दब्ने गरी बनाईने अन्य पुर्वाधारका कारण समस्या थप संकटका रुपमा विकास हुँदै गईरहेको छ । सर्वसाधारणले सुख्खा समयमा भोग्ने गरेको खानेपानीको समस्यालाई बर्षभरि नै सम्झिने र दिर्घकालिन योजनाको निर्माण गरेर पानीको प्रबन्ध गर्ने ब्यवस्था मिलाईनु पर्छ । अब हाम्रो स्थानिय सरकारको बजेटमा जमिन भत्काउने, जंगल मास्ने र पोखरी तथा तालहरुलाई मासेर सडकमा प्रयोग गर्ने हैन बाँच्नका लागि आवश्यक खानेपानीका योजनाको निर्माण पहिलो प्राथमीकतामा पर्नु अवश्यक छ ।
स्थानिय सरकारको बजेट आउन अब केही समय मात्रै बाँकी छ । जिल्लामा रहेका सबै स्थानिय तहमा रहेको खानेपानीको समस्या समाधानका लागि स्थानिय तहले बजेट निर्माण गर्दा सडकको सट्टा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु बुद्धिमानीपुर्ण होला । सर्वसाधारणले पनि बाटो माग्ने ठाउँमा पानी माग्ने र खानेपानीका मुहान संरक्षण, वन तथा जंगल क्षेत्रको विकास तथा ठुला योजनाहरुको निर्माणमा स्थानिय सरकारलाई दबाब दिनु आवश्यक छ । स्थानिय सरकारले पाएको अधिकारका आधारमा पानीका मुहान तथा पानीको संरक्षणका लागि आवश्यक वनजंगल क्षेत्र मास्न नपाईने गरी नीतिगत रुपमा नै व्यवस्था मिलाउन सकेमा मात्रै सुख्खा याममा बर्षेनि हुने खानेपानीको समस्या समाधान हुने छ । गाउँमा आएको सिंहदरबारले तत्काल देखिने बाटो खनेर मात्रै हैन जनताको घाँटी सुक्न नदिने पानीको व्यवस्थापन गरेर दिर्घकालिन योजना निर्माणमा चासो राखोस् ।