‘ड्रिम गर्ल’ मा आश्माको मायामा यसरी हराए आकाश (भिडियो)

बागलुङ, २४ जेठ – ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम गर्ल’काे तिम्रो मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। आकाश श्रेष्ठ र आश्मा गिरी स्टारर यो चलचित्रको तिम्रो मायामा बोलको रोमान्टिक गीत सार्वजनिक बिहीबार भएको हो। प्रेमको भावना बोल्ने प्रस्तुत गीको रचना अम्बिका शर्माको शब्द, अञ्जु पन्त र सुरेश लामाको स्वर र अर्जुन पोखरेलको संगीत रहेको छ।
गीतको भिडियोमा आकाश र आश्मा मुख्य भूमिकामा देखिएका छन्। प्रेममा एकअर्काप्रति समर्पित जोडीको कथा बोल्ने यो गीतको छायाँकन रारा तालसँगै थाइल्याण्डको समुन्द्र आसपास गरिएको छ। चलचित्रमा आकाश र आश्माका अलवा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितको अभिनय देख्न सकिन्छ। यस चलचित्रमा राहुल राईको छायाँकन, अर्जुन पोखरेलको संगीत, गम्भीर बिष्टको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ।

हेरौँ भिडियो :