म्याच फिक्सिङका अारोपी पूर्वकप्तान थापासहित पाँच खेलाडीलार्इ सफाइ

बागलुङ, २४ जेठ – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँचजना खेलाडीले राज्यविरुद्धको अपराधको मुद्दामा बिहीबार विशेष अदालतबाट सफाइ पाएका छन्। अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलार्इ सफाइ दिने फैसला सुनाएको हो।
सफाइ पाउनेमा सागरसँगै पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्री छन्। उनीहरुलार्इ प्रहरीले २०७२ कार्तिकमा म्याच फिक्सिङ गरेको ठहर गर्दै जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको थियो। पक्राउ परेका उनीहरु धरौटीमा रिहा भएका थिए।
अदालतले प्रशिक्षक अन्जन केसी र गोलकिपर रितेश थापासँग ५ लाख तथा निलम्बित कप्तान सागर थापसँग १ लाख ५० हजार र अन्यलाई ५० हजार धरौटी माग्दै छाडेको थियो। यद्दपी उनीहरुलाई फिफाले भने आजीविन प्रतिबन्ध लगाएको छ। यता, अन्जन केसी भने खेलमा अबैध सट्टा लगाएको अारोपमा केही अघिमात्रै पुन: पक्राउ गरेको थियो।