स्वास्थ्यकर्मी संघको २७ औं स्थापना दिवशको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

बागलुङ, २५ जेठ– नेपाल स्वास्थ्यकर्मी संघको २७औं स्थापना दिवशको अवसरमा मानवसेवा आश्रममा खाद्य सामाग्री सहयोग गरिएको छ । बिहिवार बिहान आश्रममा आयोजित कार्यक्रममा संघका जिल्ला अध्यक्ष बिष्णु पौडेल लगायतको टोली पुगेर सामाग्री हस्तान्तरण गरेको हो । संघले चामल, तेल, भुजा र फलफूल लगायत सहयोग गरेको हो । ‘दिवशको अवसरमा अन्य स्थानमा पुगेर खर्च गर्नुभन्दा सडकबाट उठाएर ल्याइएका असक्तहरुलाई सहयोग गर्दा राम्रो मानेर ग¥यौं’ पौडेलले भने, ‘यो सहयोगबाट अरु थप सहयोग गर्नेमा पुगेका छौं ।’ संघले एकसाता भित्रै सबै जनाको मृगौला, रक्तचाप र मधुमेय सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गराइदिने पनि घोषणा गरेको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश नम्बर ४ का उपाध्यक्ष रामप्रसाद अधिकारीले मासिक १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । यसअघि यसरी नियमित सहयोग गर्ने ५७ जना पुगिसकेको संचालक समिरा लामाले बताईन् । अधिकारीले सडकलाई जीवन मानेर हिडेका लाई घरभित्र राख्ने र सभ्य संस्कार सिकाउने काम गरेको भन्दै यो अभियानमा सबैले साथ दिनुपर्ने बताए । संघका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षता, सचिव शिव केसीको संचालन र बरिष्ठ उपाध्यक्ष चन्द्रराज रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेल, संघका केन्द्रीय पार्सद देवप्रकाश घिमिरे र आश्रमकी संचालक समिरा लामाले मन्तव्य राखेका थिए ।