डलर साँट्न भन्दै बोलाएर यसरी लुटियो १८ लाख

घटनास्थलमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणका इन्सपेक्टरको टोली पुगेको छ

काठमाडौं, २५ जेठ – डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट भएको छ । चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित विरेन तामाङलाई बोलाई १८ लाख लुटपाट गरिएको हो ।
ताप्लेजुङ फुलापिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका तामाङलाई अज्ञात समूहले फोन गरी डलर साँट्न भन्दै  बोलाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने भएकाले तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका प्रहरीले जनाएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणका इन्सपेक्टरको टोली पुगेर फर्केको छ। फरार व्यक्तिहरुको खोजतलास भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।