सपुत र प्रिती आले मलेसिया जाँदै

बागलुङ, २६ जेठ– मलेसियामा पहिलोपटक हुन लागेको हिमालयन कन्सर्टमा नेपालबाट चर्चित लोक दोहोरी गायिका प्रिती आलेसंगै बोल माया गीतका सर्जक एवम निर्देशक प्रकाश सपूत पनि मलेसिया जाने भएका छन् । दोहोरी व्याटलसंगै बोल माया गीतले चर्चा बटुलेका गायक मोडल सर्जक प्रकाश सपुतले दोहोरी व्याटलसंगै बोलमाया गीतले मलेसियामा रहेका नेपालीहरूलाई धमका दिने छन् । स्वदेश तथा विदेशमा बोल मायाकै चर्चा चलिरहेको बेला सपूतको विदेश कार्यक्रमहरूमा व्यापक माग हुने देखिन्छ । पछिल्लो समय नेपाली गीत संगीतमा आफुलाई उचाइमा पु¥याएका कलकार सपुतलाई प्रत्यक्ष रूपमा भेट्न र देख्न आतुर विदेशमा मात्र नभई नेपालमा पनि बढी देखिन्छन् । विशेषगरि परदेशिएका दाजु भाईहरूले भोगिरहनु परेको पीडा लाई गीतमार्फत छर्लङग रूपमा उतारेका सपूतले करोडौ नेपालीको मन जितिसकेका छन् । मलेसियामा पहिलोपटक हुन लागेको हिमालयन कन्सर्टमा मुस्लिमको हरिरायाको अवसरमा जुन १५ मा मलेसियाको कोताराय कम्प्लेक्स केएलमा हुने र जुन १६ मा देवान हल पेनाङ कन्सर्टमा चर्चित गायक प्रकाश सपूत तथा गायिका वेली डान्स प्रिती आले, पप आधुनिक गायक सञ्जिव राना, हट मोडल सोनीका रोकाय र स्थानिय कलाकारले बेजोड प्रस्तुती दिने मलेसियाबाट गायक हर्कबहादुर खड्काले जानकारी दिए ।