प्रदेश नं. ४ को नीति तथा कार्यक्रमको पूर्णपाठ

पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारमा जोड

बागलुङ, २६ जेठ – प्रदेश ४ सरकारले पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारमा जोड दिँदै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको सरकारले प्रदेशमा सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ। सन् २०१९ मा आन्तरिक पर्यटन वर्ष, २०२० मा छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रियस्तरको ‘प्रदेश पर्यटन वर्ष’ अभियान सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा छ। प्रदेश ४ को बहुआयामिक गरिबी ५ वर्षमा आधा घटाउने नीति सरकारले ल्याएको छ।
पर्यटन लगायत प्राथमिकताका क्षेत्रको विकासलाई आर्थिक समृद्धिको इन्जिनको रुपमा विकास गरिने प्रदेश प्रमुख कुँवरले सुनाए। उच्च र तत्काल आर्थिक प्रतिफल प्राप्त हुने क्षेत्रमा निजी र सहकारी क्षेत्रको लगानीलाई प्रोत्साहित गरिनेछ’, उनले भने, ‘नेपाल सरकारको पूर्व स्वीकृतिमा प्राप्त हुने विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानीलाई यस क्षेत्रमा उपयोग गरिनेछ।’ प्रदेशको आयलाई वार्षिक औसत ८ प्रतिशतले वृद्धि गर्ने, प्रतिव्यक्ति आय अमेरिकी डलर २५ सय पु‍¥याउने, कृषि उत्पादनलाई दोब्बर गर्ने नीति सरकारले सार्वजनिक गरेको छ।प्रदेश विश्वविद्यालय स्थापनाका लागि कानुन तर्जुमा र स्थान पहिचान गरी सम्भाव्यता अध्ययन गरिने, प्रदेश राजधानीमा प्राविधिक महाविद्यालय र स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गर्ने आधार तयार पारिने नीति तथा कार्यक्रममा छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरलेसार्वजनिक गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ :