बागलुङदेखि बेनीसम्मको सवारी साधनको भाडा समायोजन

निधारर्ण गरिएको भन्दा बढि भाडा लिएको पाईएमा कडा कारबार्ही गरिने

बागलुङ, २६  जेठ –बागलुङ देखि बेनी सम्म गुडने सवारी साधनको भाडामा समायोजन गरिएको छ । धौलागिरी अञ्चल यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बागलुङ देखि बेनी सम्म चल्ने सवारी साधनको भाडाका मुल्य समायोजन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङ, सडक डिभिजन कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च ,बागलुङ उद्योग बाणिज्य सघं, ट्राफिक प्रहरी कार्यालय र व्यवसायी बिच भएको सर्वपक्षीय बैठकले भाडा निर्धारण गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले प्रेस बिज्ञप्ती प्रकाशित गरि जनाएको छ ।
बागलुङ देखि रत्नेचौर सम्मको प्रति किलोमिटर साढे चार र रत्नेचौर देखि बेनीसम्म प्रति किलोमिटर पॉच रुपैय‘ा भाडा निर्धारण गरेको छ । बागलुङ बजार देखि रत्नेचौर सम्म कालोपत्रे भएको अवस्थामा प्रति किलोमिटर साढे चार र रत्नेचौर देखि बेनी सम्म कच्ची सडक भएकोले प्रति किलोमिटर पॉच रुपैय‘ा कायम गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । भाडा तत्काल लागु गरिने श्रेष्ठले बताए ।
निधारर्ण गरिएको भाडा भन्दा बढि यातायातका साधनले लिएको पाईएमा कडा भन्दा कडा कारबार्ही गरिने बताईएको छ । तोकेको भन्दा बढि भाडा लिएमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र उपभोक्ता मञ्चलाई खवर गर्न आग्रह गरिएको छ । आगामी दिनमा धौलागिरी भित्रका सडकमा भाडा तोक्ने गर्ने बैठकले निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।