जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना, यात्रु सुरक्षित

जुम्ला, २६ जेठ – नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा दुर्घटना भएको छ ।  नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो। विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल छन् ।
पाइलट जेके निरौला र को–पाइलट हिक्मत रोकायासहित यात्रु सकुशल छन् ।  जहाज रनवेको ट्रयाक छोडेर सय मिटर बाहिर पुगेको छ । टायर पम्चर भएर दुर्घटनामा भएको प्रहरीको भनाइ छ । दुर्घटनाबाट जोगिएका यात्रुमध्ये एक कैलालीका टेकराज चौधरीले पुर्नजन्म पाएको अनुभूति भएको बताएका छन् ।
जहाजको नोज (अगाडिको भाग) मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।
यसैबीच, नागरिक उड्डययन प्राधिकरणले जहाजको प्राविधिक अवस्था जाँच्न टोली शनिबारै काठमाडौंबाट पठाएको छ । फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागका प्राविधिकहरुको टोली आइतबार बिहान नेपालगन्जबाट जुम्ला जानेछ । यो प्राविधिक टोलीले जहाज मर्मत गरेर उडानयोग्य छ या छैन भन्नेबारे अध्ययन गर्नेछ ।