दोधारमा रेखा थापाको फिल्मी जीवन

एउटा त्यस्तो बेला थियो, रेखा थापालाई बक्स अफिसमा सवैभन्दा हिट अभिनेत्री भनिन्थ्यो । उनी अभिनित चलचित्र प्रदर्शन भएका बेला हलमा दर्शकको खचाखच भीड लाग्थ्यो, सोही कारण पनि उनले हिट अभिनेत्रीको उपमा पाईन् । रेखा अभिनित सवैजसो चलचित्रले व्यापारिक रुपमा नाफा कमाएपछि निर्माताहरु खुसीले मख्ख हुन्थे । नया“ निर्माता उनलाई लिएर फिल्म वनाउ“छु भन्दै लाइन लाग्थे ।
राजेश हमालको अनुहार विकेजस्तै रेखा अभिनित हरेक चलचित्रले सफलता पाएका कारण उनलाई बक्स अफिसकी ‘क्विन’ समेत भनिन्थ्यो । तर भाग्य सधै वलियो कसरी हुदोरहेछ र ! उतिवेलाकी स्टार रेखा निरन्तर कमजोर वन्दै गएकी छिन् । उनलाई नया“ अभिनेत्रीहरुले निरन्तर कमजोर पारिरहेका छन् । रेखा कमजोर हुने मुख्य कारण उनका पछिल्ला हरेक जसो चलचित्र फ्लप हुनु पनि हो । एकपछि अर्को चलचित्र फ्लप हुदै गएपछि रेखाको स्टारडममाथि ठूलो चुनौती थपिएको मात्रै छैन, रेखाले आफूलाई चाडै फरक ढगंले अगाडि नवढाए भविष्यमा न आफूले निर्माण गरेका चलचित्र चल्ने छन् न त अन्य निर्माताले पत्याउनेछन् ।
२ वर्षअघि प्रर्दशनमा आएको चलचित्र चलचित्र पला“स, अघिल्लो वर्षको जेठमा प्रर्दशनमा आएको डायरी र लक्ष्मी पूजाको दिन हल प्रवेश गरेको रुद्रपियाले बक्सअफिसमा कमाल गर्न सकेनन् । आफू अभिनित चलचित्र निरन्तर फ्लप भैरहेपछि अभिनेत्री थापा झण्डैं सातवर्षदेखि पानी बारावारको स्थितीमा पुगेका अभिनेता आर्यन सिग्देलको सहारा लिएर रुद्रपिया निर्माण गरेकी थिईन् । तर यो चलचित्रले रेखालाई निराशाको भुमरिवाट वाहिर ल्याउन सकेन ।
अभिनयसँगै राजनीतिमा छिरेकी रेखा आजभोलि न चलचित्रमा चम्किएकी छिन् न त राजनीतिमा । तत्कालीन एमाओवादी पार्टीमा केही समय चिनीएकी रेखा त्यहाँ टिक्न सकिनन् । एमाओवादीसँग डिभोर्स गरेकी रेखाको राप्रपासँग लभ परेको थियो । राप्रपाको राजनीतिमा लागेकी उनी केन्द्रीय सदस्य उठिन् र जितिन् पनि । तर राप्रपामा पनि खासै भविष्य नदेखेरै होला उनी पाखा लागिन् । अहिले वजारमा हल्ला छ, रेखा चाडै केपी–प्रचण्ड अध्यक्ष रहेको नेकपामा प्रवेश गर्ने तयारीमा छिन् ।
दर्जनौं हिट सिनेमा दिएकी रेखा केही महिना ‘छोरीको निम्ति स्वर्णीम नेपाल’ नाम दिइएको अभियान लिएर विभिन्न शहर पुगेकी थिइन् । ति कार्यक्रममा आफू दशकौदेखि सामाजिक समस्याका रूपमा रहेको बालविवाहको जरोमुलो नै फाल्ने भन्दै विभिन्न भाषण गरिन् र फर्किएस“गै उनले नया“ चलचित्र मालीका निर्माण सुरु गरिन् । उनी चलचित्रको सम्पुर्ण छाया“कन सकाएर प्रमोशनमा जुटेकी छिन् ।
वुझिएअनुसार उनले पश्चिमतिरका नरवहादुर कार्कीको लगानीमा यो चलचित्र निर्माण गरेकी हुन् । मालिका आगामी तिहारमा प्रर्दशन हुने वताईएको छ । रेखालाई आफ्नो करिअर जोगाउनकै लागि भएपनी उक्त चलचित्र चल्न जरुरी छ । सधै नारीप्रधान भन्दै कमजोर विषयवस्तुमा भुलेकी रेखाले यो चलचित्र के कस्तो वनाएकी छिन् त्यो भने हेर्न वाँकी छ ।
रुकुममा गरेको प्रमोशन कार्यक्रममा सयौं दर्शक आए भन्दै मख्ख परिन् र तस्विर सामाजिक सन्जालमा पोस्ट गरिन । ति पोस्टमा थुप्रै कमेन्ट आएका छन् । कसैले रियल हिरो भने, कसैले महानायीका जस्तो कमेन्ट पनि गरे । अव रेखा थापाले राम्रा चलचित्र नवनाउने र सधै गफ लगाएर दर्शकको आखा“मा छारो हालिन् भने नेपाली चलचित्रवाट उनको करिअर समाप्त हुने निश्चित प्राय छ ।