ज्ञानज्योतीका विद्यार्थीलाइ छात्रवृत्ति वितरण

बागलुङ, २७ जेठ– जैमिनी नगरपालिका–२ दमेकस्थित ज्ञानज्योति प्राथमिक विध्यालयमा छात्रवृत्ति वितरण गरिएको छ । वडा नं. २ का जनप्रतिनिधि कृष्णप्रसाद रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सापकोटासहितको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा दलित १५ र अन्य १८ जना छात्रछात्रा गरि ३३ जनालाई छात्रवृत्ति वितरण गरिएको विद्यालयकी प्रधानाध्यापक डम्मरादेवी शर्माले बताईन् । यसैबीच, मिर्मिरे बाल क्लव जैमिनी–४ सर्कूवाले तिहारमा देउसी भैली खेलेर जम्मा गरेको रकमले विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्ने क्रममा शुक्रबार जनता माध्यमिक विद्यालय जैमिनी–४ सर्कुवा, जनता माध्यमिक विद्यालय जैमिनी–१० पाइ र बाल साक्षरता आधारभूत विद्यालय जैदी ब्याडथलामा शैक्षिक सामग्री बितरण गरेको छ । कक्षा १ देखी ३ सम्मका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष चन्द्र थापाले जानकारी दिएका छन् ।