विश्वकपको प्रभावले दैनिक २० बढि टेलिभिजन बिक्री

जर्सीको व्यापार पनि उस्तै

बागलुङ, २७ जेठ – रसियामा आगामी बिहीबार देखि सुरु हुन लागेको २१औं विश्वकप फुटबल प्रभाव नेपालमा पनि गतिलो रुपमा देखा परेको छ। देशैपिच्छेको फ्यानहरु आ-आफ्नै तरिकाले सेलिब्रेसन गरिरहेका छन्। आफूलाई मनपर्ने देश तथा खेलाडीको जर्सी लगाएर हिँडिरहेका मान्छे त भेटिन्छन् नै,व्यपार व्यवसाय पनि यसको प्रभाव राम्रो छ।
न्यूरोडमा सोनी, पानासोनिक, एलजी, फिलिप्सलगायत ७ वटा ब्रण्डका टिभी बेच्दै आएका राजु महर्जन भन्छन्, ‘विश्वकप सुरु हुने वित्तिकै टेलिभिजनको व्यापार भने बढेको छ। अरु समयमा दैनिक ५ देखि १० वटा टिभी बिक्रि गर्दै आएका उनी यो सिजनमा २० वटासम्म टेलिभिजन बिक्री भइरहेकाे बताउँछन्।’
१२ वर्षदेखि टिभिको व्यपारमा संलग्न उनी विगतको विश्वकप जस्तो बिक्री भने नबढेको बताउँछन्। यसमा दुई किसिमको असर पारेको उनले बताए। एउटा, टेलिभिजनको डिजिटलाइजेशनले गर्दा नयाँ तथा ठूलो टेलिभिजन राखेर हेर्ने इच्छा हुँदा पनि छुट्टै सेट अपबक्स राख्नु पर्ने हुँदा मान्छेहरु त्यसलाई झण्झटिलो मान्ने उनको बुझाइ छ। मोबाइलको बढ्दो प्रयोगले पनि टेलिभिजनको बिक्री केही खस्केको उनी सुनाउँछन्।
जर्सीको व्यापार पनि उस्तै:
विश्वकपमा जर्सीहरुको बिक्रीमा कुनै कमी नभएको जर्सी व्यापारीहरुले बताएका छन्। ब्राजिल, अर्जेन्टिना जर्मनी, फ्रान्स, पोर्चुगलजस्ता टिमका जर्सीहरु अत्याधिक बिक्री हुने गरेको महाबौद्धमा पसल गर्ने केदार जम्कलेट नेपालखबरलाइ बताए। ग्राहकलाई लोभ्याउन पसलमा समेत विभिन्न देशको जर्सी सजाएर राखिएको छ। नेपाली बजारमा ५ सयदेखि १५ सय सम्मको रुपैयाँ सम्मको जर्सी बिक्री गर्दै आएको व्यपारी केदार जम्कटेल बताउँछन्।
निशुल्क जर्मनीको जर्सी बाड्दै:
विश्वकपका फ्यानहरु कस्ता सम्म हुन्छन् जान्न न्यूरोड रञ्जना ट्रेड सेन्टरका व्यापारी गोपाल घिमिरेलार्इ हेरे हुन्छ। उनी जर्मनीको यतिसम्म फ्यान छन् कि करिब १० हजार रुपैयाँको बराबरको जर्मनीको जर्सी किनेर नि:शुल्क वितरण गरिरहेको उनले दाबी गरे। अाफ्ना पसलमा जर्सी बिक्री नगर्ने भएपनि बाहिरबाट ल्याएर वितरण गरिरहेको उनले सुनाए। हामी उनीसँग कुराकानी गर्न पुग्दा उनी न्यूरोडका भरियाहरुलाई जर्सी वितरण गरिहेको थिए। सोही क्रममा उनले ४० जना भरियाहरुलाई जर्सी वितरण गरे। ‘कोही जर्मनीको फ्यान हुँ भनेर म कहाँ आउँछ भने म उसलार्इ फ्रिमा जर्सी दिन्छु,’ उनले भने।