ताराखोलामा सार्वजनिक सुनुवाई सम्पन्न

बागलुङ, २८ जेठ– ताराखोला गाउँपालिकामा संचालित नीति कार्यक्रमको सार्वजनिक सुनाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा ताराखोला सामुदायिक संचार संस्थाले कार्यक्रम संचालन गरेको कार्यक्रममा प्रशाशकीय अधिकृत टोपलाल भुषालले नीति तथा कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै ९० प्रतिशत भन्दा बढि योजना तथा सम्पन्न भएको जानकारीदिए । ताराखोला गाउपालिका अध्यक्ष प्रकाश घर्तीले गाउँपालिकालाई नमुना बनाउन सडक संजाल विस्तार गरी उज्यालो गाउँपालिका बनाउने र कृषिमा आधुनिकीकरण गर्ने बताए । सार्वजनिक सुनुवाई बार्यक्रमा पत्रकार खगेन्द्र विश्वकर्मा, अमर घर्ती, दर्पण मगर, थम प्रकाश रोका, कौशिला घर्ती, हेमन्त घिमिरे लगाएत ३० जना भन्दा बढीले राखेका जिज्ञासाहरुमा योजनाको रकम कटौती, योजन अनुगमन भत्ता, विभिन्न योजनाहरुमा हस्तक्षेप कारि भुमिका, लोक सेवा आयोग तयारि कक्षा संचालन महिलाको कार्यक्रम, स्वास्थको कार्यक्रम पुस्तकालयको योजनामा गाउँपालिकाले हस्तक्षेप गरि योजना बनाएको आदि बिषयमा उठाएका थिए । जवाफमा गाउँपालिका अध्यक्ष घर्तिले हस्तक्षेप नगरेको बरु आफुहरुलाई आरोप लगाईएको बताए । कार्यक्रम सार्वजनिक सुनाई पछि आगामी दिनमा योजना अनुगमन समन्वयकारी भुमिका, बाँकी रहेको योजना असार १० सम्म सम्पन्न गर्ने , भिलेज प्रोफाईल एक हप्तामा तयार गरी सक्ने लगायतका प्रतिवद्दता गाउँपालिकाका प्रतिनिधिले गरेका छन् । कार्यक्रममा २ सय भन्दा बढि ताराखोलाबासी सहभागी थिए । कार्यक्रम रविन घर्तीको अध्यक्षता, कृष्ण कडेलको स्वागत र पुर्णभद्र निउरेको तथा रामकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।