विश्वकर्मा माविको पाठ सिक्ने कि ?

सबैभन्दा महंगो के छ भनेर शोध्ने होभने जसले पनि सहजै यसको जवाफ दिनसक्छ । त्यो हो शिक्षा भनेर हामीले शिक्षामा जति लगानी गरेका छौ त्यो अनुसारको प्रतिफल भने पाउन सकेका छैनौ । हाम्रो शिक्षा न त ब्यवहारिक नै भयो न त वैज्ञानिक र व्यवहारिक नै सरकारले शिक्षा क्षेत्रमा ठूला लगानी गरेको छ । तर पनि हातमा लाग्यो सुन्ने नै साबित भएको छ । बिद्यालयमा पढाई त हुने गरेको छ । तर खाली सैद्धान्तिक मात्रै भन्दा फरक नपर्ला । बागलुङ नगरपालिकामा रहेको बिश्वकर्मा माध्यमिक बिद्यालयले बिद्यार्थीको पाठ्यक्रममा आधारित शिक्षालाई यतिबेला व्यवहारिक रूपमा नै लागू गरेपछि अहिले बिद्यालयमा एउटा जागरण आएको छ ।
बागलुङ नगरपालिकाको थोरै मात्र आर्थिक सहयोगमा विद्यालय संगैको जग्गा भाडामा लिएर प्लास्टिकको ट्रनेल बनाएर तरकारी खेती फूलखेती गरेर देखाएपछि यतिबेला बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र शिक्षकहरूको दैनिकी नै बनेको छ । कृषि प्रयोग साँच्चै हामीले हामीलाई कृषि प्रधान देशका नागरिक भनेर आफुलाई चिनाउन चाहन्छौ तर हामीहरूले कृषि सम्बन्धि कामको कुरा छोडदिउ एउटा सिन्को समेत नभाचिरहेको समयमा बिश्वकर्मा माध्यमिक विद्यालयका शिक्षकहरूले जुन सोच बनाए यतिबेला त्यो कामप्रति सबैको ध्यानाकर्षण भएको छ । ५ हजारमा जग्गा भाडामा लिएर गोलभेडा, खुर्सानी, करेला र फूलका बोटहरू समेत जमाएर राम्रो बनाउन सफल भएका छन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पाठ्यक्रम पेशा ब्यबसायलाई सैद्धान्तिक रूपमा मात्रै नभई ब्यबहारिक रूपमै सीप सिकाए मात्र त्यो शिक्षा सफल भएको मानिने भएको कारणले यो योजना ल्याएको शिक्षक मधुसूदनले बताउनु भयो । बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई घर–घरमा खुर्सानीको बिरुवा रोप्नको लागि दिएर पठाएको अहिले भारतबाट सुकेको खुर्सानी मात्रै हैन हरियो खुर्सानी समेत लाखौंको आयात हुने गरेको देखेर पनि अब बागलुङ नगरलाई चाहिने खुर्सानी यहीँ उत्पादन गरे ।
जतिपनि पुग्ने कुरामा समेत यतिबेला शिक्षक मधुसूदन रेग्मी ढुक्क देखिनु हुन्छ । बागलुङ नगरपालिकाले दिएको ४० हजार सहयोगबाट लघु कृषि अभ्यास केन्द्र स्थापना गर्न कम्मर कसेर लागे बिद्यालयका विद्यार्थी शिक्षक सबैले बाँस किनेर मागेर खोजेर आफै श्रमदान गरेर तयार पारेको कारणले पनि अहिले बनाएको कृषि ट्रनेलको सबैलाई माया लाग्ने गरेको छ । बागलुङ नगरपालिका भनेपनि यहाँ खानेपानी कै हाहाकार छ । तरकारी खेती कृषि प्रयोजनको लागि पानीको झन् ठुलो समस्या देखिन्छ । तर मान्छेले अठोट गर्ने होभने समस्याको समाधान पनि निस्कदै जाने रहेछ । बिश्वकर्मा माबिमा थोपा सिँचाइमार्फत पानी संकलन गरेर त्यहीँ पानीलाई तरकारी खेतीमा प्रयोग गर्ने गरिएको छ ।
यतिबेला गोलभेडा राम्रोसँग फलेको छ । तरकारीमा किरा लगायतबाट रोग लाग्न नदिने प्रयास पनि गरिएको छ । भरसक बजारमा पाइने बिषादी प्रयोग नगर्ने यसलाई अर्गानिक तरकारी कै रूपमा विकास गर्ने सोच आफुहरूले गराइरहेको बिद्यालयका प्रधानअध्यापक युगेन्द्र प्रसाद खनालको भनाई सान्दर्भिक देखिन्छ । बजारमा पाइने सबै प्रकारका तरकारी फलफूल सबै बिषादीयुक्त भएको कारण हामीहरू सबै रोगको शिकार भइरहेको कारणले पनि हामीहरू बिषालु तरकारी हैन अर्गानिक नै खानुपर्छ भन्ने मान्यता राख्नुलाई सकारात्मक मान्नुपर्छ । हाम्रो देशको जतिपनि बिद्यालयमा अध्ययन हुने गरेको पाठ्यक्रम ब्यबहारिक र ब्यबसायिक हुन नसकेको कारणले अहिलेका बिद्यार्थीसंग मात्रै जाँचमा पास भएको सर्टिफिकेटको टुक्रा भन्दा अरू केही कामको छैन । न त नेपालमा सजिलोसँग जागिर खान पाइन्छ न त केही कृषि लगायतका प्राबिधिक काम नै गर्न केही सीप सिकेको छ । बागलुङ जिल्लाका पुराना जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले हाम्रो शिक्षा भनेको बिदेशीको भाडा माझ्ने शिक्षा हो । त्योभन्दा अर्को थोक केही पनि छैन भन्ने कुरा सत्य हो । आज हामीले हजारौं युवालाई बिदेशीन बाध्य बनाएका छौ । देशमा रोजगारी छैन काम गर्ने होभने हातमा केही पनि सीप छैन घर गाउँमा रहेको खेतीयोग्य जमिन सबै बाझो छ तर हामीले हातमा केही पनि सीप नभएको कारणले गर्दा बरू बिदेशीको गुलामी गर्न तयार भयौं बिदेशीको भाडा माझ्न तयार भयौं कुरा स्पष्ट छ ।
बागलुङको बिश्वकर्मा माध्यमिक बिद्यालयले कृषिलाई सैद्धान्तिक हैन वयवहारिक रूपमा नै अगाडि सार्ने जुन अभियान शुरूवात गरेको छ । अब बागलुङ जिल्लाका सबै सामुदायिक बिद्यालयमा अनिवार्य रूपमा यस्तो खालको प्राबिधिक सीप भएको शिक्षा राख्न सकेमात्र हामीले परिवर्तन गर्न सक्ने छौ, हैन भने हामीले बिद्यालयमा सिकेको सीप खाली कागको खोस्टामा सिमित हुने निश्चित देखिन्छ । हिजोसम्म गोबरसंग घिन मान्ने बिद्यार्थी अहिले मज्जासंग घर घरबाट गाईभैंसीको मल स्कुलमा आफै लिएर आउन थालेका छन् । बागलुङ कै मुलपानी माध्यमिक बिद्यालयमा प्रत्येक बिद्यार्थीले फूलको गमला लगाएर नमुना पेश गरेका छन् जसले स्कुल त्यसै राम्रो देखिएको छ । यसले बिद्यार्थीलाई फूललाई माया गर्न सिकाएको छभने अर्काेतिर बिद्यार्थीलाई सिर्जनशिल बनाएको छ ।
अहिले हामी पछि परेको ब्यबहारिक ज्ञानकै अभावले हो हामी कुरा धेरै गर्छाैं तर काम थोरै मात्रै गर्छाैं । चाहिनेभन्दा बढी हो अब सबै ठाउँमा प्राबिधिक रूपमै सिकाउने ब्यबहारिक रूपमै सिकाउने शिक्षा बनाउन सक्ने होभने हामीले सामुदायिक बिद्यालयबाट उत्पादन गर्ने बिद्यार्थी भोलिका दिनमा खाली हात बस्नुपर्ने छैन । जसको हातमा सीप छ धन त्यसैले कमाउन सक्छ । अबको राजनीति भनेको बिद्यालयलाई कसरी राम्रो बनाउने बिद्यार्थीलाई कसरी राम्रो शिक्षा दिने भन्ने नै हुन जरुरी छ । अहिले गाउँ–गाउँमा खेतीयोग्य जग्गा खेर गइरहेको छ । अब त्यसलाई बाँझो नराख्ने नीति बनाउने होभने हामीले बाहिर मुलुकबाट तरकारी धान चामल आयात गर्नुपर्ने छैन ।
यसले देशलाई पनि आत्मनिर्भर बनाउन मद्दत गर्ने छ । अहिले भइरहेको ब्यापार घाटामा पनि कटौती हुन निश्चित छ । जिल्लामा शैक्षिक भ्रमणको लागि आउने बिद्यार्थी शिक्षकलाई बागलुङ बिश्वकर्मा माध्यमिक बिद्यालयले गरेको तरकारी र फलफूल खेतीको अवलोकन गराउने होभने यसले अरूलाई पनि नयाँ किसिमले काम गर्ने प्रेरणा दिनेछ । हामीले शिक्षालाई ब्यबसायिककरण नगरीकन हुँदैन । अब भने सरकारको नीति नै परिवर्तन गर्न जरुरी देखिन्छ । जबसम्म शिक्षालाई सहज सबैको पहुँच पुग्ने बनाउन सकिदैन तबसम्म केही हुनेवाला छैन ।