बडिगाडमा करेन्ट लागेर एक बालकको मृत्यु

बागलुङ, २८ जेठ– जिल्लाको बडीगाड गाउँपालिकामा आईतवार करेन्ट लागेर एक बलकको ज्यान गएको छ । बडिगार्ड गाउँपालिका ५ का ११ बर्षिय कर्ण पुनको करेन्ट लागेर मृत्यु भएको हो । स्थानिय सिद्ध प्राविमा अध्ययनरत पुन बिद्यालयबाट घर फर्केीने क्रममा बाटोमानै करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो नजिकै रहेको बिद्युत प्रसारण लाईनको तारमा बाँस ढलेपछी लत्रेको तार छुँदा पुनलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लव्दीखोला जलबिद्युत आयोजनाको प्रसारण लाईन बाँसको रुख ढलेका कारण बाटोमा लत्रिएको अवस्थामा रहेको थियो ।
बडीगाड –५ साबिक ग्वालिचौर २ गौतम टोल बस्ने तुलबहादुर पुनका छोरा मृतक कर्ण पुनको शव पोस्टमार्टम पछि परिवारको जिम्म लगाईएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख कृष्ण रानाले जानकारी दिए । लब्दीखोला लघु जलविद्युत आयोजनाको लापर्बाहीले दुई कक्षामा पढ्ने बालकको ज्यान गएको स्थानियले बताएका छन् । पुनलाई करेन्ट लागेर मृत्यु भएपछि गाउँपालिकाले राहतमा चासो देखाएको छ ।
गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाका अनुसार गाँउपालिको नियम अनुसार ५० हजार गाँउपालिकाले पीडित परिवारलाई दिने सहमति भएको भैसकेको छ । तर जलविद्युत परियोजनाले भने मृतक परिवारलाई क्षतिपुर्ति दिन आनाकानी गरेको स्थानियले बताएका छन् ।