जैमिनी नगरपालिकामा लक्षित समुहका जनप्रतिनिधिका लागि क्षमता विकास तालिम

दलित, महिला, संविधान, कानुन, जनप्रतिनिधिको भुमिका र अपाङगता बिषयमा सहजीकरण

बागलुङ, २९ जेठ – लक्षित समुहका जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता विकास तालिम जैमिनी नगरपालिका कुस्मीशेरा बजारमा सोमवार सम्पन्न भयो । तालिम समापनको अवसरमा बोल्दै नगरप्रमुख ईन्द्रराज पौडेलले नगरको वार्ड सदस्य र कार्यपालिका सदस्यहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको र आवश्यकताको आधारमा तालिम दिईएको वताए ।
तालिमको ब्यवस्थापनको तर्फबाट कार्यपालिका सदस्य लाल बहादुर परियारले तालिमको बिषय बस्तु, समय र सहभागिताको हिसाबले समिक्षात्मक टिप्पणि गर्दैै तालिम सकारात्मक भएको बिचार ब्यक्त गरे ।
तालिममा सत्कर्म नेपालका सिताराम थापा, अधिबक्ता काजिगाँउले श्रेष्ठ, बरिष्ठ नगर अधिकृत भेषराज शर्माले तालिमको सहजीकरण गरेका थिए । तालिमको सहजकर्ताहरुलाई नगर प्रमुख ईन्द्रराज पौडेलले मायाको चिन्ह प्रदान गरे । तालिममा दलित, महिला, संविधान, कानुन, जनप्रतिनिधिको भुमिका र अपाङगता बिषयमा सहजीकरण गरिएको सहजकर्ता सिताराम थापाले जानकारी दिए ।