पौडेलको ‘बोडी तरुल’ बजारमा आउँदै

उमेरले झण्डै चालिस लागेका शान्दीदिप बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पौडेल प्राध्यापकका अलावा एउटा राम्रो गला भएका व्यक्तित्व पनि हुन् । पहिले–पहिले विद्यालयमा हुने कार्यक्रमदेखि गाउँ–ठाउँका सार्वजनिक समारोमा आफ्नो गलाको प्रयोग गरेर कलाको प्रस्तुत गर्दै आएका पौडेलले गत बर्षदेखी तिजको मौका छोप्न थालेका छन् । सामाजिक तथा जनसंख्या विषयमा अध्यापन गर्ने पौडेलले पर्व विशेष बनाएर गीत निकाल्न थालेका हुन् । केही समय पहिला समसामयिक विषयवस्तुमा आधारित रहेर बनाएको गीत रेकर्ड गर्ने खर्च नपुगेका कारण रोकेर राखेका पौडेलले शिक्षण पेसामा लागेको लामो समयपछि गत वर्ष तिजको गीतमार्फत सांगीतिक क्षेत्रमा उदाएका हुन् । गीत र संगीतको क्षेत्रमा निकै रुची राख्ने पौडेलले एल्बममा गीत नगाएपनि सार्वजनिक समारोह, मेला र महोत्सवमा आफ्नो कला देखाउन भने छुटाएका थिएनन् । एकातर्फ पारिवारिक जिम्मेवारी, अर्कोतर्फ अध्ययनका कारण लामो समयसम्म चाहना भएर पनि गीत संगीतलाई समय दिन नसकेका पौडेलले साथीभाईले हौसाएपछि गत बर्षको तिजमा एउटा गित बजारमा ल्याएका थिए ।
माया आउछु भनेर कुश्मातिर म जाँदा
मोदी उर्ली आएको बाटो छेकेको
सम्झी सम्झी यति त म टोलाईन
छ छैन मायासँग भेट्न लेखेको
तिजको लयमा समसामयिक माया प्रेमका शब्दहरुले समाबेश गरेर बजारमा ल्याएको ‘छ छैन मायाले बाटो चिनेको’ एल्बम बजारमा ल्याएका पौडेलले गीतबाट त्यती ठुलो सफलता पाएनन् । सोही गीतका कारण यसवर्ष पनि तिजको मौका पारेर अर्को एल्वम ल्याउने तयारी थालेका छन् । आचार्य रेकर्डिङ स्टुडियो पोखरामा रेकर्डिङको काम भैरहेको ‘आलु तरुल’ नामको एल्बम बजारमा ल्याउन लागेको पौडेलले बताए । यस वर्षको गीतमा पौडेलले आफ्नो जन्मभुमीलाई प्राथमिकता दिएर गित तयार पारेका छन् । चर्चित शब्द संकल शिव अखेलीले लय तथा शव्द बनाएको गीतमा जन्मभुमी र तिजसँग सम्बन्धीत शब्दहरु रहेको पौडेलले बताए । ‘निकै मौलिक शव्दहरु राखेर गीत बनाउनु भएको छ’ उनीसँगै क्याम्पसमा अध्यापन गराईरहेका प्राध्यापक रवि पौडेलले भने ‘गीत हिट भएर पैसा कमाउने उद्देश्यभन्दा पनि समाजको यथार्थलाई उतार्ने खालको बनेको छ ।’ सानो छँदा तिजको बेला आमासँग मामा घर जाँदा गाउने गरेका टुक्कालाई गीतमा समाबेश गरिएको पौडेलले बताए । ‘शिव जीले शव्द लेख्दा केही शव्द यथार्थ जीवनसँग जोडेर लेख्नु भएको छ’ पौडेलले भने ‘ठाउँ चिनाउनु र कला बचाउनु दायित्व सम्झेर गीतमा लगानी गरेको हुँ ।’
बनमा गुराँस कान्लामा प्याउली
मायालुले कोसेली के ल्याउली
सिंगापुरे सारीमा बुट्टा कति राम्रो धागोले भरेको
तिजको दिन मायाँलाई भेट्न कुश्मीशेरा बजारमा झरेको
यस बर्षको तिजलाई लक्षित गरेर बजारमा आउन लागेको यो गीतमा पौडेल आफैले शान्ति श्री परियारसँग स्वर दिएका छन्भने लय शव्द शिव अखेलीले गरेका हुन् । असारको पहिलो साता युट्युवमार्फत बजारमा आउन लागेको गीतको रेकर्डिङ र मिक्सीङको काम भैरहेको पौडेलले बताए ।
कुखुराले पारेन फुल, ल्याएकी छु बोडी र तरुल
सिंगापुरे सारीमा बुट्टा कतिराम्रो धागोले भरेको
तिजको दिन मायाँलाई भेट्न कुश्मीशेरा बजारमा झरेको
गितको भिडियो कुश्मीशेरा बजार आसपासका क्षेत्रमा छायाँकन गरीने आचार्य डिजिटलले जनाएको छ ।
–तारानाथ आचार्य/बागलुङ