प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

संवैधानिक परिषदको बैठकले कामु प्रधानन्याधीश समेत रहेका जोशीको नाम सिफारिस गरेको हो।

काठमाडौं, २९ जेठ-संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले कामु प्रधानन्याधीश समेत रहेका जोशीको नाम सिफारिस गरेको हो। प्रधानन्यायाधीशका लागि जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम न्याय परिषद्ले पठाएको थियो। उनीहरु मध्ये वरिष्ठताका आधारमा जोशीलाई सिफारिस गरिएको हो।
परिषदले गरेको सिफारिस संसदीय सुनुवाई समितिले अ नुमोदन गरेपछि  नियुक्तिको बाटो खुल्खे छ। सुनुवाई पछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि प्रधानन्यायाधीशको पद खाली थियो।
तनहुँका जोशी २०४८ सालमा कानुन व्यवसायीबाट तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश हुँदै सेवा प्रवेश गरेका थिए। न्यायपरिषद्ले यसअघि  मर्यादाक्रममा सबैभन्दा वरिष्ठ रहेका जोशीसहित सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर जबरालाई प्रधानन्यायाधीशका लागि नाम पठाएको थियो।