राससको अध्यक्षमा श्यामल र टेलिभिजनको अध्यक्षमा विष्ट

बागलुङ, ३१ जेठ – सरकारले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ। यस्तै नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन्। बिहिबार सँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सरकारले एसियाली विकास बैंक (एडीबी)का बैकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ । उनी एडीबीका उपकार्यकारी निर्देशक हुन मुख्य सचिव पद छाडेर गएका थिए । उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।