साउदी अरेबियाविरुद्ध ५-० को जित निकाल्दै रसियाको सानदार सुरुवात

विश्वकप फुटबल

बागलुङ, ३१ जेठ – परिवर्तित खेलाडीहरुले कमाल गरेपछि फिफा वरियतामा अाफूभन्दा माथि रहेको साउदी अरेबियाविरुद्ध ५-० को जित निकाल्दै रसियाले विश्वकपमा सानदार सुरुवात गरेको छ। रसियाका लागि परिवर्तित खेलाडीहरु डेनिस च्यारिसेभले २ तथा अार्टिम मार्टिनले १ गोल गरेभने युरी गोजिन्सी र एलाक्सडर गोलोभिनले थप गोल गरे। रसियाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। रसियाका लागि युरी गोजिन्सी र डेनिस च्यारिसेभले दुर्इ गोल गरेका हुन्। खेलको १२अौं मिनेटमा युरीले हेडर मार्फत गोल गर्दै अायोजकलार्इ सुरुवाती अग्रता दिलाएका थिए।
एलेक्सडर गोलोभिनले बायाँबाट दिएको क्रसमा माथि उठेर हेडिङ मार्फत उनले गोल गरेका थिए। यो उनको पहिलो अन्तराष्ट्रिय गोलपनि हो। जर्मनीका फिलिप लेहमपछि २००६ यता विश्वकपको पहिलो सटमै गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन्। पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा डेनिसले दोस्रो गोल थपेका थिए। रोमन जोवनिनले दिएको पासलार्इ डेनिसले डी बक्सभित्रबाट साउदीका डिफेन्डरलार्इ छलाउँदै गोल गरेका थिए। उनको पनि यो पहिलो अन्तराष्ट्रिय गोल हो।
अलान डेजागेभले ह्यार्मस्ट्रङ इञ्जुरीका कारण मैदान छाडेपछि उनको स्थानमा २४ औं मिनेटमा उनी मैदान प्रवेश गरेका थिए। रसियाका अर्टिम ड्यजयुबाले मैदान प्रवेश गरेको ६० सेकेन्ड वित्न नपाउँदै गोल गरेका थिए। ७०अौं मिनेटमा अार्टिम फ्याडोर स्मोलोभको स्थानमा मैदान प्रवेश गरेका थिए। ६ फिट ५ इन्च अग्ला उनले लगत्तै अलेक्सान्डर गोलोभिनको क्रसमा हेडिङ मार्फत गोल गरेका हुन्। उनले मैदान प्रवेश गरेपछि यो नै पहिलोचोटी बल छुएका हुन्। यस्तै अन्तिम मिनेटमा च्यारिसेभले दोस्रो गोल थपे भने इञ्जुरी समयमा गोलोभिनले पाचौँ गोल गरे।