दुलिाभाटीमा खानेपानीको ट्याङकी पुरियो

बागलुङ, ६ असार– गलकोट नगरपालिका–१ दुदिलाभाटी चौराहका स्थानीयले प्रयोग गर्दै आईरहेको खानेपानीको ट्याङ्की बर्षातका कारण पुरिएपछि खानेपानीको समस्या भएको छ । बर्षात्पछि आएको पहिरोले दुदिलाभाटी पात्लेखोलामा निर्माण गरिएको खानेपानीको ट्याङकी पुरिएको छभने पाईप समेत बगाएको खानेपानीको समस्या भएको स्थानीयको भनाई छ । नरेठाँटी प्रहरी चौकीका प्रमुख सचिव कुमार सिँहले दिएको जानकारी अनुसार खानेपानीको ट्याङकी मर्मतका लागि करिब १० लाख खर्च लाग्ने छ । त्यस्तै बर्षातसंगै आएको पहिरोले दुदिलाभाटी गौदीका कर्णबहादुर बिकको घरको एउटा कोठामा पूर्ण रुपमा भत्किएको छ । माथीबाट पहिरो निरन्तर झर्ने गरेका कारण घरमा बस्नै जोखिम रहेको बिकले बताए । त्यस्तै दुदिलाभाटी रुपाखानीका लाल बहादुर घर्तिको गोठ र चर्पी पहिरोको जोखिममा परेको छ ।