जिल्ला अदालतमा ६४ प्रतिशत मुद्दा फछ्र्याैट

सरकारवादी फौजदारी सबैभन्दा बढी

बागलुङ, ६ असार– जिल्ला अदालत बागलुङमा चालु आर्थिक बर्षको ११ महिनामा ६४ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । यो बर्ष दर्ता भएका ३ सय ९७ र गत बर्षको जिम्मा सरेर आएका १ सय २७ गरी कुल ५ सय २३ मुद्दामा ३ सय ३६ फछ्र्यौट भएका हुन् । तीमध्ये सरकारवादी फौजदारीतर्फ ८० वटा मुद्दा दर्ता भएकोमा गत बर्षको १७ वटा समेत गरी ९७ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जेठ मसान्तसम्म ७२ वटा फछ्र्यौट भएका छन् । तीमध्ये ३१ वटा मुद्दा छिन्न बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार रामबहादुर थापा क्षेत्रीले बताए । व्यक्तिवादी देवानीतर्फ १ सय ८५ वटा मुद्दा दर्ता भएकोमा ९७ वटा फछ्र्यौट भई ८६ वटा बाँकी रहेका छन् । त्यसैगरी व्यक्तिवादी फौजदारीतर्फ २ सय ३६ मुद्दा दर्ता भएकोमा १ सय ६४ वटा फछ्र्यौट भएका छन् ।
तीमध्ये ६९ वटा मुद्दा बाँकी रहेको थापाले जानकारी दिए । शुरु मुद्दाहरुमा नयाँ दर्ता ३ सय ९२ र गत बर्षको १ सय २६ गरी ५ सय १८ दर्ता भएका थिए । तीमध्ये ३ सय ३३ वटा फ्र्छौट भएका छन् । तीमध्ये १ सय ८३ बाँकी छन् । देवानी तर्फको १ सय २३ वटा दर्ता भएकोमा गत बर्षको ६४ समेत गरी १ सय ८७ मुद्दा पुगेका थिए । तीमध्ये ९७ वटा फछ्र्यौट भएका छन् । ८६ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेका हुन् । फौदजारी तर्फको २ सय ७३ मुद्दा दर्ता र अघिल्लो बर्षको ६३ वटा मुद्दा समेत गरी ३ सय ३६ मुद्दा दर्ता भएका छन् । तीमध्ये २ सय ३९ वटा फछ्र्यौट भएका छन् । १ सय १ वटा मुद्दा अझै छिनोफानो हुन बाँकी रहेका छन् ।
केही बर्षदेखि अदालतले आम नागरिकको पहुँच वृद्धि गर्नका लागि सार्वजनिक स्थानमा पुगेर अदालतको काम कारवाही बारे जानकारी दिने अभियान समेत थालेको छ । यो अभियानमा विशेषगरी देवानी प्रकृतिका मुद्दाहरु कसरी आउँछन् भन्ने जानकारी गराईन्छ । त्यस्तै विभिन्न समस्या भोगेर बसेकाहरुले अदालतसम्म पुगेर न्याय पाउन सक्ने प्रावधानको बारेमा पनि अदालतले जानकारी दिने गरेको छ । चालु बर्ष पनि अदालतले बागलुङको बुर्तिवाङ र नारायणस्थानमा त्यस्ता प्रकारका छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । प्रशिक्षार्थी