बागलुङका तीन सडक केन्द्रिय योजनामा समावेश

बागलुङ, १४ असार– जिल्लाना तीन सडकलाई भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मान्त्रालयले आगामी आर्थिक बर्षदेखि प्राथमिकतामा राखेर ग्राभेल तथा पक्कि बनाउने भएको छ । जिल्ला सदरमुकामदेखी कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकखण्ड, बागलुङ–सिगाना, बरेङ सडकखण्ड र बागलुङ, भिमापोखराहुँदै म्याग्दीको सिम जोड्ने सडकखण्ड स्तरोन्नतीको लागि केन्द्रिय योजनामा समाबेश भएको प्रतिनिधि सभाका सांसद डा. सुर्य पाठकले जानकारी दिए ।
जिल्लाको आर्थिक विकासका लागि मुख्य योजनाका रुपमा मन्त्रालयले तीन सडकहरुले आगामी बर्षदेखी क्रमागत योजनामा राखेर बेजेटको व्यवस्थापन गर्ने पाठकले बताए । जिल्लामा रहेका अन्य साना योजनाहरु समेत केन्द्रीय योजनामा परेको भएपनि तीनवटा सडक योजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन लागिएको भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट कुश्मीशेराहुँदै बरेङ शान्तिपुर सडकले जिल्लाका दुई नगरपालिका र एक गाउँपालिका तथा छिमेकी जिल्ला गुल्मीलाई छोएको छभने बागलुङ सिगाना बरेङ सडकखण्डले बरेङ गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडकको रुपमा मानिएको छ । बागलुङ भिमापोखराहुँदै म्याग्दीको सिम जोड्ने सडक पनि बहुप्रतिक्षीत योजनाको रुपमा लिईंदै आएको छ ।
जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित भएका डा. पाठकले निर्वाचनको समयमा मुख्य कामको रुपमा प्रस्तुत गरेका यि सडक योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजनको लागि मन्त्रालयलाई दबाव दिँदै आएका थिए । ‘केन्द्रीय योजनामा परेका तीन सडक कम्तीमा ५ बर्षभित्र कालोपत्रे गर्ने योजना छ’ पाठकले भने ‘क्रमागत योजनामा समाबेश भएकाले उक्त सडक योजनालाई बजेटको अभाव हुने छैन् ।’ आर्थिक समृद्धिको लागि महत्वपुर्ण कडीको रुपमा रहेको सडकलाई मजबुद नबनाएसम्म अन्य आर्थिक बृद्धिका क्रियाकलाप सञ्चालन गर्न कठिन हुने भएकाले सडकलाई प्राथमीकतामा राखेर काम अघि बढाएको सांसद पाठकले बताए । ‘नीति निर्माणको काम हाम्रो प्राथमीकतामा रहने कुरा हो’ उनले भने ‘नीति निर्माणसँगै पुर्वाधार निर्माणलाई पनि आत्मसाथ गरेर अघि बढ्नु हाम्रो दायित्व हो ।’