कृषिमा यान्त्रिकरण : जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई बाँड्यो मिनीटेलर

कृषिमा यान्त्रिकरण गरी कार्य सम्पादनमा सहज र उत्पादनमा वृद्धि गर्ने उदेश्यले जैमिनी नगरपालिका बागलुङले ५० प्रतिशत अनुदानमा आफ्ना किसानहरुलाई सोमवार मिनीटेलर वितरण गरेको छ । धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सको संयोजनमा १० जना कृषकलाई मिनीटेलर प्रदान गरिएको उपप्रमुख लीला रानाले वताए ।