फुजेल काण्डका अभियुक्त छविलाल पुर्पक्षका लागि थुनामा

गोरखा, २४ असार – गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ। उनलाई सर्वोच्च अदालतले २०७२ साल पुस ६ गते पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो ।
द्वन्दकालमा भएको कृष्णप्रसाद अधिकारीको हत्याको ६८ वर्षिय पौडेललाई आरोप छ। यस अघि पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा छाडेको थियो, पुनरावेदनले सदर गरे पनि सर्वोच्चले आदेश बदर गरेको थियो।
अदालतको फैसला कार्यान्वयन नभएको भन्दै उनकि आमा गंगामायाँ अधिकारी वीर अस्पतालमा अनशनरत छन्। छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशन बसेका उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो। कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो।