भारतीयलार्इ नीति निर्माण तहमा ल्याउने विषयमा मतभेद हुदाँ कान्तिपुर र द काठमाडौं पोष्टका सम्पादकद्वारा राजिनामा

एक जना भारतीयलाई कान्तिपुरको व्यवस्थापन तथा नीति निर्माण तहमा ल्याउने विषयमा सम्पादकद्वय र व्यवस्थापनबीच मतभेद चुलिएको थियो।

व्यवस्थापनसँग मतभिन्नता जनाउँदै कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौँ पोस्टका अखिलेश उपाध्यायले राजीनामा गरेका छन्। सम्पादकद्वयले संयुक्त रुपमा दिएको राजिनामाबारे कान्तिपुर पब्लिकेसन्स प्रालिले बुधबार औपचारिक जानकारी गराउने बताइएको छ। एक जना भारतीयलाई कान्तिपुरको व्यवस्थापन तथा नीति निर्माण तहमा ल्याउने विषयमा सम्पादकद्वय र व्यवस्थापनबीच मतभेद चुलिएको थियो। त्यही विषयमा सहमति बन्न नसक्दा सोमबार कान्तिपुर मिडिया ग्रुप अन्तगर्गतका चार प्रधान सम्पादकको बैठक बसेको थियो। सोही बैठकपछि सम्पादकद्वयले मंगलबार दिउसो राजिनामा दिएको बताइएको छ। राजिनामाका विषयमा प्रधानसम्पादक शर्मा र कान्तिपुर प्रकासन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।