जातिय भेदभाव गरेको आरोपमा महिला पक्राउ

पर्वत, २७ असार-जातिय भेदभाव गरेको आरोपमा पर्वतकी एक महिलालाई प्रहरीले पक्रिएको छ । कुश्मा बजारमा कस्मेटिक व्यवसाय गदै आएकी फलेवास नगरपालिका–८ ठानामौला निवासी मिना कुवँरलाई पक्राउ गरेको हो । उनी विरुद्ध असार २२ गते जातिय छुवाछुतको उजुरी परेको थियो । सानो जात भएकै आधारमा अपशब्द बोलेको तथा जातिय आधारमा विभेद गरेको भन्दै स्थानीय मनिषा रसाईलीले उजुरी गरेकी थिईन । लामो समय डेरामासँगै बस्ने कुवँरले पटक–पटक भेदभाव गरेका कारण आफु बाध्य भएर प्रहरीमा उजुरी दिएको रसाईलीले जानकारी दिइन् । बच्चाले बाथरुमको कुचो छोएको बाहनामा कुँवरले कामी भन्दै कुटपिट गरेको बताइएको छ । रसाईलीले दिएको किटानी जाहेरीका आधारमा कुवँरलाई प्रकाउ गरि आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । कुवँरलाई प्रकाउ गरी जिल्ला अदालतवाट म्याद थप गरिएको प्रहरी उपरिक्षक घिमिरेले बताए ।