आहतमा राहतः हाम्रो दायित्व

वर्षा याम शुरु भएसंगै पहाडी क्षेत्रमा पहिरो जाने र तराई क्षेत्रमा बाढी आएर जलमग्ने हुने क्रम बढिरहेको छ । हरेक वर्ष बाढी र पहिरोमा परेर धेरै नागरिकले ज्यान गुमाएका छन्भने कोही अंगभंग भएका छन् । नेपाल र भारतको सिमानामा भारतले अन्तराष्ट्रिय मापदण्ड विपरित बाँध बनाउनाले वर्षेनि नेपाली भूमि डुबानमा पर्दै आएको छभने सो क्षेत्रका नागरिकले ज्यान समेत गुमाउने गरेका छन् । भारतले एकतर्फी रुपमा बनाएका बाँधका विषयमा सरकारले पटकपटक कुरा उठाए पनि भारतले बेवास्ता गर्दै आएको छ । यता पहाडी क्षेत्रमा पनि पहिरो खस्दा ठूलो धनजनको क्षतिको हुँदै गएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार, बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् ।
गत असार ११ गते राती बागलुङ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको लुरुङमा गएको पहिरोमा परेर एकै परिवारका ३ जनाले ज्यान गुमाउनु प¥यो । पहिरोका कारण जिल्ला विभिन्न ठाउँमा क्षति पुग्न गयो । पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई सरकारी निकाय र विभिन्न संघ संस्थाले तत्कालका लागि केही रकम र लत्ता कपडा सहयोग ग¥यो । ठूलो क्षति भोगेको उक्त परिवारको आहतमा राहत दिनु हामी सबैको दायित्व हो । पीडित परिवारलाई हालै मात्र नेपाल विद्यार्थी संघ बागलुङले ३५ हजार रुपैया सहयोग गरेको छ । पहिरो पिडितका लागी राहत वितरण गरेको छ । पाँच जनाको परिवारमा तीन जनाको मृत्यु भएपछि घर बाहिर रहेर बाँच्न सफल भएका मञ्जु र अस्मिता क्षेत्रको पठनपाठन र जिविकोपार्जनको लागि पनि हामीले सहयोग गर्नुपर्ने दायित्व रहेको छ । नेविसंघ मात्र होइन सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुले पहिरो पीडित परिवारलाई राहत प्रदान गर्नको लागि आर्थिक संकलनको अभियान नै चलाउनु पर्छ । प्राकृतिक प्रकोपबाट पिडित परिवारको मानविय नाताले मल्हम लगाउने काम गर्नुपर्छ ।
सहयोगी भावनाको विकास गर्नका निम्ती हामी तयार हुनुपर्छ । पिडित परिवारका दुई छोरी मञ्जु र अस्मिताको उच्च शिक्षाको लागी हामीले सबैले सहयोग गर्नुपर्छ । त्यो पीडा भोलि हामीमा पनि निम्तन सक्छ । त्यसैले एकले अर्कालाई सहयोग गर्न कहिल्यै पनि कन्जुस्याई गर्नु हुँदैन । पहिरोबाट अभिभावक गुमाए पनि समाजको सान्त्वनाले उनीहरुलाई राहत महशुस हुनसक्छ । धुल्लुबास्कोटका मञ्जु र अस्मिता मात्रै होइन बाढी र पहिरोबाट पीडित बनेका जिल्लामा अन्य ठाउँमा पनि छन् । पहिरोका कारण घर गुमाएका दुदिलाभाटीको दलित परिवार, खोलामा आएको बाढीबाट नदि किनारका विस्थापित परिवार पनि सुरक्षित स्थानमा स्थानान्तरणको लागि सबैभन्दा पहिले स्थानिय तहले व्यवस्था गर्नुपर्छ । स्थानिय निकायले मात्रै बाढी र पहिरोबाट पीडित बनेकालाई दीर्घकालिन राहतको व्यवस्था गर्न सक्दैन । स्थानिय तहसंग हातेमालो गरेर विभिन्न संघ संस्था र नागरिक समाजले पनि आहतमा राहत दिन प्रभावकारी भूमिका खेल्नुपर्छ ।