अन्नपूर्ण तितरमा पहिरो जाँदा बेनी-जोमसोम सडकमा अवरुद्ध

बागलुङ, २७ असार – अन्नपूर्ण गाउँपालिका-३ दानाको तितरमा पहिरो जाँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ। बुधबार बिहान झरेको चट्टानी पहिरोले बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको हो । यातायात रोकिएपछि सयौं यात्रु बेगखोलामा अलपत्र छन । स्थानीय इन्द्रसिं शेरचनका अनुसार ठूलठूला चट्टान झरेकोले पैदलयात्रुलाई समेत समस्या परेको छ। सडक खुलाउन कालीगण्डकी करिडोर अन्तर्गत बेनी-जोमसोम सडक विस्तार कार्यक्रमका डोजर ल्याउन पहल भएको छ ।