भैरहवाबाट बाग्लुङका लागि छुटेको बस तानसेन-८ भालेबास नजिकैको घुम्तीमा दुर्घटना, २६ घाइते, २ को अवस्था गम्भीर

बुटवल, २८ असार –  तानसेन-८ भालेबास नजिकैको घुम्तीमा बिहान साढे ६ बजेतिर दुईवटा बस आपसमा ठोक्किँदा २६ जना घाइते भएका छन् । पाल्पाको तानसेबाट नेपालगन्जका लागि छुटेको लु १ ख ८१२७ नम्बरको बस र भैरहवाबाट बाग्लुङका लागि छुटेको लु १ ख ७२७२ नम्बरको बस भालेबासको घुम्ती नजिक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेका मध्ये २ जनाको अवस्था गम्भीर रहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी बिनोद घिमिरेले जानकारी दिए । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।