ढीस्कोले पुरिएर देविस्थानमा एक बृद्धाको मृत्यु

बागलुङ, २८ असार-माटोको ढीस्को खसेर पुरिदा पश्चिम बागलुङको देविस्थानमा एक बृद्धाको मृत्यु भएको छ । घर पोत्ने माटो लिन गएकी निसीखोला २ बायखोलाकी भुमा बिकको मृत्यु भएको प्रहरीले बताएको छ । निसीखोला २ कान्लेचौर भन्ने स्थानमा बुधवार दिउसो माटो खन्न गएकी बिकलाई ढीस्को खसेर पुरेको थियो । घटना जानकारी हुनासाथ स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेका थिए । बिक सँगै पुरिएकी अर्की २८ बर्षिय कौशिला कार्कीको खुट्टामा चोट लागेको प्रहरीले बतायो । उनको उपचार भैरहेको छ ।