बगनासकालीको सन्देश

सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय तहले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । आर्थिक वर्ष २०७३÷७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिना ब्याज ऋण पाउने घोषणा गरेका थिए । तत्कालिन सरकारले घोषणा गरेको कार्यक्रमको थालनी पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाबाट शुरु भएको छ । गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको छ । सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर गाउँपालिकाले कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाण पत्रका आधारमा ऋण दिने कार्यक्रम निकै नै प्रशंसनिय छ । अनपढ युवा सीप बिना नै विदेशिने अनि पढेका युवा पनि प्रमाणपत्र थन्काएर खाडी मुलुक दुबई, कतार, साउदी लगायतका देशमा भेँडा चराउनेदेखि कुल्लीको काममा जान बाध्य भएपछि युवा स्वरोजगारको लागि प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋण दिने घोषणा गरिएको थियो । यो कार्यक्रम कार्यान्वयनमा आएसंगै शैक्षिक वेरोजगार दर घट्ने आशा पलाएको यस्छ ।
नेपालमा डिग्री पढेर पनि विदेशमा भाँडा माझ्न जाने युवाको ताँती अझैपनि घटेको छैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम कार्यान्वयनमा आएपछि शिक्षित युवाहरुमा अब केही हुने भयो भनेर आशाको किरण देखिन थालेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाबाट शुरु भएको ऋण दिने अभियान अब देशभरका स्थानिय निकायले पनि थालनी गर्नुपर्छ । आफ्नो क्षेत्रमा भौतिक पुर्वाधार निर्माणमा मात्रै नीति तथा कार्यक्रम बनाएका स्थानिय तहले शैक्षिक वेरोजगार लक्षित कार्यक्रम संचालनमा ध्यान दिनुपर्छ । शिक्षित जनशक्ति विदेशमा पलाउन नहुन भनेर गाउँपालिका शुरु गरेको कार्यक्रमले गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन हुने कुरामा दुई मत छैन । बगनासकाली गाउँपालिकाले युवा लक्षित युवा स्वरोजगार कृषि विकास, पशु सेवा कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकमबाट ऋण उपलब्ध छ ।
गाउँ घरमा रोजगार सिर्जना गर्नको लागि ठूलो भोलमको बजेट विनियोजन गर्नुपर्छ भन्ने पनि छैन । थोरै रकमबाट पनि गाउँमा उद्यम गरी स्वरोजगार बन्न सकिन्छ । हरेक स्थानिय तहले अब कृषि र पशुपालनको क्षेत्रमा युवाहरुलाई प्रेरित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउनुपर्छ । गाउँघरमा रोजगारका अवसरहरु थुप्रै भएपनि त्यसको पहिचान गर्न नसक्दा शिक्षित जनशक्ति धमाधम विदेश पलायन भईरहेका छन् । गराइएको हो । पछिल्लो समय गाउँघरमा व्यवसायिक कृषि, पशुपंक्षी, बाख्रापालनमा आर्कषण बढ्दै गएको छ । यस क्षेत्रमा युवाहरुलाई प्रेरित गर्न सकेमात्र शैक्षिक वेरोजार कम हुँदै जाने निश्चित छ । थोरै लगानीबाट शुरु गरिएको व्यवसाय विस्तार हुँदै जाने हो । त्यसैले एकै पटक ठूलो व्यवसाय गर्छु भन्ने मानसिकता त्याग्नु पर्छ । नेपालमा वेरोजगारको समस्या कति छ भन्ने कुरा जान्नका लागि कुनै निकायमा जागीरका लागि आह्वान गरिएको दरखास्त संख्या हे¥यो भने अनुमान लगाउन सकिन्छ । शैक्षिक वेरोजगार हटाउनको लागि बगनासकाली गाउँपालिकाबाट पाठ सिक्दै शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई ऋणको व्यवस्था गर्न देशभरका गाउँपालिका तयार हुनुपर्छ ।