चिल्डेन र अमर आदर्श विजयी

बागलुङ, २८ असार-जिल्लायोजना गरेको एन्फा कप अन्त फुटबल संघ बागलुङले आरविद्यालय फुटबल प्रतियोगिताको दोस्रो दिन चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल र अमर आदर्श विद्यामन्दिर विजयी भएका छन् । दोस्रो दिनको पहिलो खेलमा कोरोना एकेडेमी अनुपस्थित भएपछि चिल्ड्रेनलाई विजयी घोषित गरिएको थियो । यस्तै, ट्राइबेकरमा चुक्दा कालीगण्डकी बोर्डिङ स्कुल प्रतियोगिताबाट बाहिरिएको छ । आदर्शको जितमा गोलकिपर सन्तोष क्षेत्र नायक बने । कालीगण्डकीका खेलाडि अजित रायमाझीको पेनाल्टी प्रहरी क्षेत्र रोके भने कालीगण्डकीका निशान्त थापाको पेनाल्टी गोल बारमा लागेर फर्किएको थियो । शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएका दुई खेलमा रुदेपिपल मावि र सिद्वार्थ शिक्षा सदनले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा रुद्रेपिपलले रेशनुन्थला मावि र सिद्धार्थले कालिका कन्या माविलाई पराजित गरेको हो । नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहेको संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए । उनका अनुसार, प्रतियोगिताको विजेताले नगद १५ हजार प्राप्त गर्नेछ भने विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ । प्रशिक्षार्थी