प्रेम श्रीस मगरको ‘बागलुङको फुल’ झ्याउरे गीत सार्वजनिक

बागलुङ, २८ असार – स्थानीय कलाकार प्रेम श्रीस मगर (बिउकोटे साइलो) को मौलिक झ्याउरे गीत ‘बागलुङको फुल’ सार्वजनिक भएको छ । गाँउमा रहेका प्रतिभावान युवा युवतीलाई प्रोत्साहन गर्दै कलाप्रति समर्पित गराउने उद्देश्य लिएका श्रीस मगरले यो गीतको भिडियोमा पनी स्थानीय प्रतिभालाइ समाबेश गरेका छन । भन्छन- चलेका कलाकारको अभिनय गराउदा भिडियो हिट हुँदो हो तर मैले मेरा भाई बहिनी र गाँउलाई पनी परिचित गराउने जमर्को गरेको छु ।
गाँउ घरमा कला सस्कृति लोप हुन थालेको अवस्थामा नयाँ पुस्ताका युवा युवतीलाई पनी आफ्नो कला सस्कृतिको जगेर्ना गर्न प्रेरित गरिरहेको प्रेम श्रीस मगर बताउछन । भर्खरै सार्वजनिक भएको ‘बागलुङको फुल’ जय नेपाल फिल्मस प्रा. लि. बाट बजारमा आएको हो । भिडियो सार्वजनिक भए संगै युटुब र विभिन्न सामाजिक सन्जालमा चर्चामा रहेको छ।
प्रेम श्रीस मगर (बिउकोटे साइलो) र देबी घर्तिको आवाजमा रहेको यो गीतमा शब्द तथा लय प्रेम श्रीसको रहेको छ । म्यूजिक भिडियो इश्वर बाबुको निर्देशन तथा कमल जीएमको छायाकनमा तयार गरिएको छ । भिडियोमा राजकुमार अन्जानको कोरियोग्राफी रहेको छ । भिडियो काठेखोला गाँउपालिका-५ बिहूको गौस्वारा आसपासमा छायांकन गरिएको छ ।