भानु उदायो

तनहुँ जिल्ला चुदी रम्भा गाउँमा चट्टानै पड्कियो
प्रभातको मिरमिरे सुनौला बिहानीमा भानुभक्त उदायो ।
…..
डोको र घाँसको सम्बन्धबाट भानुले भविष्य चम्कायो
घाँसीको प्रेरणा पाएर आज भानु विश्व मै उदायो ।
…..
रुखको शितल छहारी मुनी पत्थरको तकिया
सपना मिठो निद्रामा मस्त संसारै बदलियो ।
…..
घाँसीले आई ब्युझाई दियो निद्रा त्यो भानुको
भानुले पाए फुलको हृदय भगवान आई बोलेको ।
…..
साहित्य ज्योति लिएर भानु यो धरतीमा उदायौ
कल्पनाको सागरमा मस्त भई सुन्दर काव्य निर्माण ग¥यौ ।
…..
प्रकृति सुन्दर हरियाली दृश्य लालीगुराँस फुलेको
कविको हृदयमा उमङ्ग छाउँदै रामायण गुन्जेको ।
…..
बधुशिक्षा माला लेखेर छोडे आदर्श नारीको
भानुको रामायणले दर्शाई दिए पितृ भक्त रामको ।
…..
रामायणको कथा अमृत सरि फैलियो जगतमा
साहित्य–ज्योति जगाई दियो भानुको शुभागनमा ।
…..
साहित्यमा भानु सद्मार्ग दर्शक लोकप्रिय गायक
नेपाल आमाको यो पुण्य भुमिमा उदायो भानु भक्त ।
लालीगुराँसचोक, बागलुङ