कलेजोमा लाग्न सक्ने रोग, लक्षण र उपचार

हाम्रो कलेजोमा जब बोसो जम्मा भएर जान्छ त्यो स्थितिलाई पैटी कलेजो (लिवर) भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ की, जसरी मोटोपन हुनाले हाम्रो शरीरको बाँकी भागमा बोसो बढ्छ । ठिक कलेजोद्वारा शरीरमा ब्लड सुगर, बिसाक्त तत्व र कोलेस्ट्रोलको स्तर नियमित हुन्छ । कलेजोले नै बोसोलाई पगालेर वाइलको स्राव गर्दछ तर धेरै बोसो थिग्रनको कारणले पैटी लिवरको समस्या हुन्छ । देशको ३०५ जनसंख्या यस समस्याले पीडित हुँदैछ । त्यसैगरी हाम्रो कलेजोमा पनि बोसो जम्मा हुन शुरु गर्दछ । यसको कारणले कलेजोमा एकिकृत भएको बोसो कलेजो (पैटी लिवर) ले सामान्य सेल्सहरुलाई नष्ट गर्न शुरु गर्दछ, सामान्य सेल्सहरु बिस्तारै नष्ट हुँदैजान्छ, अनि कलेजोमा बोसो जम्मा हुन्छ, जसको कारणले कलेजोको विरामी भइन्छ । यो स्थिति पछि गएर हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस वा कैंसरमा परिणत हुन्छ ।
कारण र जोखिम कारणः विरामीको मुख्य समस्या मोटोपन हो । डायबिटीज वा थाइराइड हुनेलाई पनि कलेजोमा बोसो (पैटी लिवर) हुनसक्छ ।
प्रकारः पैटी लिवर (कलेजोमा बोसा) एउटै प्रकारको हुन्छ, यसको तीन अवस्था हुन्छ नैश, ऐश र कैश । मोटोपनले गर्दा हुने पैटी लिवरलाई नैंश भनिन्छ, मतलव नाँन अल्कोहलीक स्टेंट अफ हेपाटाइटिस (रक्सिजन्य पदार्थ सेवन नगरेको अवस्था) । यसकै अर्को अवस्थालाई ऐश, मतलब अल्कोहलीक स्टेण्ट अफ हेपाटाइटिस भनिन्छ । तेस्रो अवस्था त्यो व्यक्तिहरुलाई हुन्छ जसलाई कैंसर भएको र कीमोथेरापी उपचार गराई राखेका हुन्छन् । यस प्रकारको उपचार गराउनेहरुको कलेजो बिग्रिसकेको हुन्छ र त्यसमा (कलेजो) बोसो जम्मा हुन शुरु गरिसकेको हुन्छ, यस अवस्थालाई कैश भनिन्छ ।
लक्षणः साधारणतया एशियालीमा पैटी लिवरको शुरुको लक्षण थाहा पाइदैंन् । साधारणतया, कलेजोको सबैभन्दा राम्रो र नराम्रो कुरा भनेको कलेजो ८०५ क्षतिग्रस्त नभएसम्म, लक्षणहरु देखिंदैन । जब लक्षणहरु देखिन थाल्छ, त्यतिखेर धेरै ढिला भइसकेको हुन्छ र पैटी लिवरको कारणले अरु रोगहरु लगि सकेको हुन्छ । धेरैजसो विरामीहरुमा पैटी लिवर छ वा छैन भन्ने कुरा त्यतिखेर मात्र थाहा हुन्छ, जब सिरोसिस भइसकेको हुन्छ । त्यसैगरी जन्डिस, खाना नरुच्ने, आमायमा पानी जम्नु आदि पैटी लिवरको लक्षण हुन् । जब पैटी लिवर चरम सिमामा पुग्छ तव विरामीको मस्तिष्कमा पनि असर गर्दछ । जसको कारणले विरामी आफ्नो होश गुमाउन थाल्छ । विरामीलाई रगत वान्ता हुन् थाल्छ । विरामीको पहिलो अवस्थामा नै लिवर (कलेजो)मा बोसो जम्मा हुनजान्छ । दोस्रो अवस्थामा कलेजो सुनिन्छ । यस अवस्थालाई हेपाटाइटिस भनिन्छ । तेस्रो या अन्तिम अवस्था भनेको फाइट्रोसिर वा सिरोसिस हो । यो अवस्था तव आउँछ जव धेरैजसो नर्मल कलेजोको सेल्सहरुले काम गर्न छाड्छ् र पैटी टिस्युमा परिवर्तन हुनजान्छ । जसरी चोट लागेमा ठाउँमा दाग देखिन जान्छ, त्यसैगरी कलेजोमा पनि दाग देखिन शुरु हुन्छ ।
जब कलेजोको नर्म सेल्सले काम गर्न छाड्छ, तब कलेजो आफैले पुनः नयाँ कलेजो वा पुनविकसीत हुन शुरु गर्दछ । कलोजोको विशिष्ट गुण हुँन्छ कि कलेजो आफैले आफ्नो पुनविकसीत गर्न सक्ने क्षमता हुँन्छ । यो गुण हाम्रो शरीरको कुनै पनि अंगसँग हुँदैन । जब अधिकांस सेल्सहरु खत्तम हुन्छन् । तब बाँकी रहेको सेल्स, आफैले फेरी विकसित हुन् कोशिश गर्दछन् । यस्तो परिस्थितिमा कलेजोको सेल्समा अनियन्त्रित बृद्धि वा धेरै विकसित हुन शुरु हुन्छ र सेल्स अत्याधिक विकसित भएमा कैंसर जस्तो रोगमा परिणत हुन्छ ।
जाँच र उपचारः पैटी लिवरको जाँच दुई किसिमबाट हुन्छ । नन् इन्पेसीव जाँच र इन्पेसीव जाँच । नन् इन्पेसीव जाँच भनेको रुटीन चेकअप गरिन्छ । यदि पैटी लिवर एड्वान्स स्टेजमा छ भने, रोगीको कलेजो फाइब्रोसिस भएको बुझिन्छ र यस स्थितिमा रोगीको फाइब्रोस्क्यान गरिन्छ । इन्पैसीव टेस्टमा लिवर बायोप्सी गरिन्छ । यो जाँच अन्तिम जाँच (परीक्षण) हो । यो टेस्टको लागि कलेजोमा सुईं हालिन्छ । र कलेजो मासुको टुक्राको परीक्षण गरिन्छ । विरामीलाई मोटोपन घटाउन पर्नेहुन्छ । यदि डायविटिज छ भने त्यसलाई रोकथाम गर्न जरुरी पर्दछ । थायरोड भएमा रोकथाम गर्नुपर्दछ ।
कलेजो फेल हुने कारण र लक्षणः समग्रमा स्वस्थ पनि सामान्य देखिन सक्छ । कसैकसैलाई रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ । छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हातखुट्टा गलेर आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ ।
किन हुन्छ लिभर सिरोसिसः कम्तिमा १० वर्षदेखि नियमित मध्यपान गर्ने वा हप्तामा ४ दिनजसो मदिरा सेवन गर्ने व्यक्तिको कलेजो बिग्रने हुन्छ । हाम्रो समाजमा भने ९०–९५ प्रतिशत लिभर सिरोसिसको कारण रक्सीको नियमित सेवन नै हो । हेपाटाइटिस बी र सी इन्फेक्सन लामो समयदेखि उपचार नगरेमा । रगत, असुरक्षित यौन सम्पर्क, आमाबाट सन्तानमा, लागूऔषध, प्रयोग भइसकेको सुइ साटफेर आदि माध्यमबाट हेपाटाइटिस हुनेगर्छ । हिजोआज लामो समयदेखि हेपाटाइटिस बी र सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा छ । ३. अन्य कारणहरुः मधुमेह, मोटोपना, कलेजोमा बोसोको मात्र (फ्याटी लिभर) आदि ।
लिभर सिरोसिसका लक्षणः जन्डिस रहिरहनु, खान मन नलाग्नु, बान्ता हुनु, आलस्य र कमजोरी मससुस हुनु, खुट्टा सुनिन्नु वा फुल्नु, पेटभित्र पानी जमेर पेट फुल्नु अर्थात् पेट ठूलो हुनु, छाला, मासु गलेर आउनु, चाँडो थकाई लाग्नु, शरीर दुब्लाउँदै जानु, केटा मान्छेको स्तन बढ्नु, बान्ता गर्दा रगत देखिनु, दिसामा रगत देखिनु, दिसा कालो हुनु, पिसाबमा कमी आउनु, बोली लटपटिनु, बेला–बेलामा होश गुम्नु, दिउँसो निद्रा लाग्नु, राती बर्बराउनु, सास फेर्न गाह्रो हुनु, केही पाइलापछि हिँड्न मुस्किल पर्नु, चोट लाग्दा रगत बगिरहनु, आदि । माथि उल्लेखित कुनै पनि लक्षण देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ । कतिपय अवस्थामा आइसियूमा भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ । कलेजो रोग विशेशज्ञले यस्ता बिरामीलाई देख्नेबित्तिकै रोग पत्तो लगाउन सक्छन। तर कलेजो के कति बिग्रिएको छ, अरु के–के समस्या छन् भन्ने पत्ता लगाउन चाहिँ केही जाँच गर्नुपर्ने हुन्छ ।
के–के जाँच्ने ?ः रगतबाट कलेजो जाँच्दा बिलिरुबिन, एएलटी र एएसटी उच्च हुन सक्छ, रगतमा हेपाटाइटिस बी र हेपाटाइटिस सी किटाणुको जाँच, पिसाबको जाँच, रगतमा बोसोको मात्र (उच्च कोलेस्टेरोल, उच्च टिजी), सुगर, युरिक एसिड (उच्च हुन सक्छ), भिडियो एक्सरे (कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको आदि), सिटी स्क्यान (आवश्यकता अनुसार), इन्डोस्कोपी (आवश्यकता अनुसार) ।
लिभर सिरोसिसको उपचारः सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ । जन्डिसको उपचार गर्दैमा यो रोग निको हुँदैन । जन्डिस भनेको कलेजोको खराबी भन्ने बुझिन्छ । यो आफैंमा कुनै रोग होइन । कलेजो रोगको शंका लागेमा पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श, सल्लाह र नियमित चेकअप गराइरहनुपर्छ । समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । बिरामीलाई बचाउन सकिन्छ, तर, नियमित डाक्टरलाई देखाइरहनु पर्छ । कतिपय अवस्थामा औषधिबाटै लिभर सिरोसिसको पूर्ण उपचार नहुन सक्छ र कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प बाँकी रहँदैन । यसो भन्दैमा, औषधि–उपचार गर्नै नमिल्ने भन्ने होइन । समस्या बढ्न नदिन र कलेजो जति बिग्रियो त्यसलाई थप बिग्रिन नदिन केही औषधि प्रयोग गरिन्छ । तर रक्सी सेवन बन्द गर्नुपर्छ, धूमपान गर्नु हुँदैन । हेपाटाइटिस बी र सी बाट पीडित सिरोसिसका बिरामीले डाक्टरको सल्लाह अनुसार पहिले एन्टिभाइरल औषधि खानुपर्छ । खुट्टा सुन्निएको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधि सेवन गर्नुपर्छ भने दिसा पातलो गर्ने झोल औषधि ‘लेक्टुलोज’ को प्रयोग गर्नुपर्ने हुन्छ ।
कस्तो खाने कुरामा ध्यान दिने ?
लिभर टनिक खाँदा जन्डिस, हेपाटाइटिस निको हुन्छ, रक्सी सेवन गर्न मिल्छ र कलेजो बिग्रँदैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । रक्सी पटक्कै सेवन गर्नु हुँदैन । कलेजोलाई आराम दिन माछा, मासु, फ्राई गरेको, चिल्लो आदिको सेवनमा कमी ल्याउनुपर्छ । जन्डिस मात्र हुँदा पानी ज्यादा पिउन भनिन्छ । तर, सिरोसिस भइसकेपछि अत्यधिक पानी पिउनु हुँदैन, जति पिसाब लाग्छ त्यसको अनुपातमा पानी पिउनुपर्छ । मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खान भनिएको हो । फलफूलको जुस पिउँदा पानीको विकल्प हुनुका साथै तागतिलो पनि हुन्छ । सकी नसकी मेवा, उखु खोज्दै हिँड्नु पर्दैन । उखु पेल्ने हात र पानी फोहोर छभने उल्टो बेफाइदा गर्छ । पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ । नियमित बिहान–बेलुका खाने दाल–भात खान मिल्छ । तरकारी बनाउँदा प्रयोग हुने प्याज भुट्न चाहिने जति तेल पनि प्रयोग गर्न सकिन्छ । जंक फुड (चाउचाउ, चिप्स आदि), फास्ट फुड (मःम, चाउमिन, पिज्जा आदि) र कोक फेन्टा जस्ता कोल्ड ड्रिंक खानु हुँदैन । सिरोसिस भएका बिरामीमा प्रोटिनको कमी हुने भएकाले उसिनेको अन्डाको सेतो भाग दिनमा ३ देखि ५ वटासम्म, भटमास, चना, केराउको सातु आदि खान सकिन्छ ।