गल्कोटको ६० र निसिखोलाको २७ करोडको बजेट, निति तथा कार्यक्रमको प्राथमीकतामा भौतिक पुर्वाधार निर्माण

सामाजिक न्याय सहितको नमुना गल्कोट बनाईने

बागलुङ, ३० असार–जिल्लाको गल्कोट नगरपालिका र निसिखोला गाउँ पालिकाले शुक्रबार आगामि आर्थिक बर्षको लागि निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । गल्कोट नगरपालिकाको तेस्रो नगरसभामा नगर प्रमुख भरत गैरेले सामाजिक न्याय सहितको नमुना नगरपालिका बनाउने उद्देश्य सहितको निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पुर्वाधार विकासलाई पहिलो प्राथमीकतामा राखेको नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास र प्रतिव्यक्ति आयमा बृद्धि गरेर सामाजिक सुरक्षा प्रत्याभुत सहितको नगरपालिका बनाउने योजना अगाडि सारेको छ ।
नगरपालिकाले नमुना नगरबनाउनका लागि आवश्यक पुर्वाधारको विकास गर्ने गरी निति तथा कार्यक्रम तय गरेको प्रमुख प्रसासकीय अधिकृत कृष्ण राज गौतमले जानकारी दिए । नगरपालिकाले आगामि आर्थिक बर्षको लागि अनुमानित बजेट समेत नगरसभामा प्रस्तुत गरेको छ । गल्कोटको आगामि आर्थिक बर्षको बजेट ६० करोड, ७ लाख ४६ हजार ३ सय रुपैयाँ अनुमान गरीएको गौतमले बताए । ४ करोड आन्तरीक राजस्व संकलनको लक्ष राखेर बनाईएको बजेटको स्रोतको रुपमा केन्द्र सरकाबाट आउने अनुदान र प्रदेश सरकारबाट आउने अनुदानलाई मुख्य स्रोतको रुपमा राखिएको छ । यसैबिच जिल्लाको निसीखोला गाउँपालिकाले पनि आगामि आर्थिक बर्षको लागि निति तथा कार्यक्रम शुक्रबार सार्वजनीक गरेको छ ।
जिल्लाको दुर्गममा रहेको गाउाँपालिकाले उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने लक्ष सहितको निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पुर्वाधारको न्युन विकास रहेको गाउँपालिकामा पहिलो प्रथामीकतामा पुर्वाधार विकासलाईनै राखिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुसील पनेरुले जानकारी दिए । त्यस्तै कृषि, पशुपालन, सामाजिक विकास, न्यायीक समाजको निर्माण र मानव विकासका कार्यक्रमलाई पनि प्राथमीकताका साथ निति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि २७ करोड रुपैयाँको अनुमानित बजेट समेत तेस्रो गाउँ सभामा प्रस्तुत गरेको छ । केन्द्र सरकारको अनुदान, प्रदेश सरकारको अनुदान र गाउँपालिकाको अनुमानीत आन्तरीक राजस्व ३० लाख १० हजार रुपैया उठाउने लक्ष लिएको छ । शुक्रबार प्रस्तुत दुवै पालिकाको निति तथा कार्यक्रम र बजेट माथि छलफल गरेर केही दिनमानै पारित गरीने बताईएको छ ।