पोखरा महानगरका वरिष्ठ अधिकृत पौडेल मृत भेटिए

असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए । 

पोखरा, ३० असार – पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत  ओमराज पौडेल सेतीनदी किनारमा मृत अवस्थामा भेटिएका छन् । उनी असार ९ गतेबाट सम्पर्कविहीन थिए । भीमाद-६ सेतीनदी किनारमा शव भेटिएको र आफन्तले पहिचान गरेको कास्की प्रहरीले जनाएको छ ।पौडेलले पोखरा महेन्द्रपुलबाट हाम फालेको निष्कर्ष कास्की प्रहरीले यसअघि सार्वजनिक गरेको थियो ।  शव क्षतिक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।