एन्फा कपको उपाधि सिद्वार्थ र अमर आदर्श बागलुङलाई

बागलुङ, १ साउन– बागलुङमा सम्पन्न एन्फा कप अन्तरविद्यालय फुटवm प्रतियोगिताको छात्र तर्फको उपाधि सिद्धार्थ शिक्षा सदन र छात्रा तर्फको उपाधि अमर आदर्श माविले जितेका छन् । सोमाबार भएको छात्र तर्फको फाईनल खेलमा साविक विजेता चिल्ड्रेन लाईफलाई पराजित गर्दै सिद्धार्थले छात्र तर्फको उपाधि चुमेको हो भने छात्रा तर्फ अमर आदर्श माविले कालिगण्डकी बोर्डिङलाई पराजित गरेर उपाधि चुमेको हो । छात्र तर्फको खेलमा सिद्धार्थले चिल्ड्रेन लाइफसँग गतवर्षको प्रतियोगितामा फाइनलमा बेहोरोको हारको बदला लिएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा सिदार्थले एक गोलले पछि परेको अवस्थामा कमव्याक गर्दै ३–१ गोलअन्तरको जित निकाल्न सफलभएको थियो । ६० मिनेटको खेलाईएको खेलमा पहिलो हाफमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि दोस्रो हाफमा चिल्ड्रेन लाईफले गोलको सुरुवात गरेको थियो । खेलको ३४ औं मिनेटमा चिल्ड्रेनका फरवार्ड राजिव श्रीसले गोल गरेका थिए भने सिदार्थको लागि खेलको ५७ औं मिनेटमा कप्तान युवेश थापाले काउन्टर अट्याकमा गोल गरेका थिए । युवेशले सिदार्थको लागि खेलको अतिरिक्त समयको १ औं मिनेटमै र ओम मगरले ५ औं मिनेटमा गोल गर्दै जितको आधार तयगरेका थिए । जल्लाका १६ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा उपाधि चुमेको सिदार्थले नगद १५ हजार सहित प्रदेश स्तरमा हुने एन्फा कप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । यस्तै उपविजेतामा चित्त बुझाएको चिल्ड्रेन लाईफले नगद ८ हजार प्राप्त ग¥यो । यस्तै सोमबार नै भएको छात्रा तर्फको फाइनल खेलमा अमर आदर्शले कालिगण्डकी बोर्डिङलाई ४–० गोलान्तरले पराजित गर्दै उपाधि चुमेको छ । अमरको जितको लागि खेलको दोस्रो र ७ औं मिनेटमा ज्ञानु केसी र ११ औं मिनेट र १२ औं मिनेटमा सुमिना केसीले गोल गरेकी थिइन । जिल्लामा पहिलो पटक आयोजना गरिएको छात्रा तर्फको फुटबल प्रतियोगितामा ३ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार संचालन भएको हो ।
महासंघ र एन्फाको मैत्रीपूर्ण खेल
बागलुङ÷अखिल नेपाल फुटबल संघ जिल्ला शाखा बागलुङ र नेपालपत्रकार महासंघ बागलुङ शाखा विच सोमबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा एन्फा १–० गोला अन्तरले विजयी भएको छ । एन्फाको लागि एक मात्र गोल पहिलो हाफमा प्रकाश शर्माले गरेका थिए । खेल सकिन केही समय बाँकी रहँदा पत्रकार महासंघका खेलाडी डम्मर बुढाले डिबक्समा हेन्ड गरेपछि पाएको पेनाल्टीमा एन्फाका रेशम गोतामेको प्रहार बाहिरिएको थियो ।