एकता सहकारीले ल्यायो मोबाईल बैंकिङ सेवा

बागलुङ, १ साउन– सर्वसाधारणको घरदैलोमा पुगेर आर्थिक कारोवार गर्ने सहकारी संस्थाहरुले पनि बैंकहरुले जस्तै सुबिधा दिन थालेका छन् । बिभिन्न उद्देश्य राखेर स्थापना भएका सहकारीहरुले आर्थिक कारोवार गर्दा बैंकले जस्तै सुबिधाहरु दिन थालेका हुन् । जिल्लाकै पुरानो सहकारीहरु मध्येको एकता सहकारी संस्था लिमिटेड बागलुङले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर मोबाईल बैंकिङ सेवा सुरु गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यरुको सुविधाको लागि भन्दै मोवाईल बैंकिङ सेवा सुरु गरेको संस्थाका व्यवस्थापक दिपकजंग राजभण्डारीले जानकारी दिए । ‘सदस्यहरुको मागका आधारमा हामीले सहकारीलाई प्रविधिमैत्री बनाउन थालेका हौं’ सहकारीका अध्यक्ष ध्रुवराज शर्माले भने,– ‘आधुनिक प्रविधिसँगै सुविधा दिन हामीले मोवाईल बैंकिङ सुरु गरेका छौं ।’ सहकारीले सुरु गरेको मोवाईल बैंकिङमार्फत रकमान्तरदेखी बिजुली पानीसम्मका बिल बुझाउन सहज हुने अध्यक्ष शर्माष् स्ले बताए । ‘मोबाईलमा हाम्रो एप्लीकेसन डाउनलोड गरेपछि हामीले दिएको चार अंकको कोडका आधारमा सबै काम गर्न सकिन्छ’ सहकारीका व्यवस्थापक दिपकचन्द्र राजभण्डारीले भने– ‘सहकारीका खाता सञ्चालन गरेका सदस्यले मोवाईलको रिचार्जदेखी साथीलाई पैसा पठाउने कामसम्म मोबाईलबाट नै गर्न सक्छन् ।’ हाल बिहान १० बजेदेखी बेलुका ६ बजे सम्मका लागि मात्रै प्रयोग गर्न मिल्ने सहकारीको एप्लीकेशन छिट्टै चौबिसै घण्टा चल्ने बनाईने सहकारीका सचिव महेशचन्द्र प्रधानले बताए । एकताको मोवाईल बैंकिङमार्फत रकमान्तर सेवा, एटिएम सेवा, स्टेटमेण्ट सेवा, चेकबुक अर्डर, मोबाईल तथा डिसहोम र ईन्टरनेटको रिचार्ज, पानीको बिल भुक्तानी लगायतका सुविधा लिन सकिने सहकारीले जनाएको छ । यसभन्दा पहिले पनि जिल्ला सदरमुकामै रहेको प्रगति सहकारी संस्था लिमिटेडले एसएमएस बैंकिङ सेवा सुचारु गरेको थियो । सहकारीले आफ्नो स्थापना दिवस सोमबार मोबाईल बैंकिङको शुभारम्भ गर्दै मनाएको छ । मोबाईल बैंकिङ सेवा शुभारम्भ गर्दै गण्डकी प्रदेशका सांसद सावित्रा रानाले सहकारीमार्फत आर्थिक विकासको बाटोमा लाग्नेहरु लक्ष्यमा पुग्ने बताईन् । सर्वसधारको तहमा आर्थिक कारोवार गर्न सहकारीले मात्रै पहुँच पु¥याएको भन्दै रानाले उद्देश्य अनुरुप सहकारीले आफ्ना कार्यक्रम तयार गर्नुपर्ने बताईन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य संगम घर्ति मगर लगायतले बेलेका थिए । सहकारीका अध्यक्ष ध्रव प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेशचन्द्र प्रद्यानले गरेका थिए ।