बुर्तिबाङ स्वास्थ्य केन्द्रमा बाढी पस्यो

बैरंग सेवा प्रभावीत

बागलुङ, १ साउन – जिल्लाको ढोरपाटन नगरपालिकामा रहेको प्राथमीक स्वास्थ्य केन्द्रको भवनमा मंगलवार बाढी पसेर क्षती पु¥याएको छ । अविरल बर्षा सँगै नजिकैको खोलामा आएको बाढी स्वास्थ्य केन्द्रको निर्माणाधिन भवनमा पसेको केन्द्र प्रमुख डाक्टर मिलन मल्लले बताए । निर्माणाधिन भवनमा पसेको बढीसँगै आएको लेदोले नियमीत स्वास्थ्य सेवामा केन्द्रले प्रयोग गर्दै आएका सबै सामाग्रि पुरेको छ । भवनको तल्लो तल्ला बाढी सँगै आएको लेदोका कारण भरीएको मल्लले बताए ।
दिउँसोको परेको बर्षा पछि बढेर खोला भवन माथि रहेको सडक हुँदै स्वास्थ्य केन्दमा पसेको थियो । ‘बुर्तिबाङ बजार भन्दा माथिल्लो भागमा रहेको हाम्रो भवनमा बाढी पसेर बजारलाई जोगायो’ मल्लले भने ‘अर्को तर्फ बाढी गएको भए बुर्तिबाङ बजारमा ठुलो क्षति हुने थियो ।’ स्वास्थ्य केन्द्रको भवनमा पसेको बढीलाई प्रहरी चौकी बुर्तिबाङको टोली र स्थानियको सहयोगमा अर्को तर्फ व्यवस्थापन गरीएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकास यादवले बताए ।
स्वास्थ्य केन्द्रको बैरंग सेवा सञ्चालन कक्षा पुरीएकाले बुधबार देखी सेवा सञ्चालनमा समस्या हुने केन्द्रले जनाएको छ । ‘बुधबारदेखी त्रिपाल मुनी सेवा सञ्चालन गर्नुपनेञञर्् अवस्था छ’ मल्लले भने ‘क्षतिको बिषयमा अझै एकिन भएको छैन तर क्षती ठुलै भयो ।’ बाढी पस्ने क्रममा उक्त भवन भित्र कोही नभएकाले मानविय क्षती हुनबाट जोगीएको मल्लले बताए ।