चर्चा बटुल्दै तारा र सन्तोषको तिज गित (भिडियो सहित)

बागलुङ, २ २ साउन – स्थानिय मौलिक शव्दहरु समावेश गरिएको तारा पौडेल श्रेष्ठ र सन्तोष सुनुवारको तिजी गित बजारमा आएको छ । ‘गाउँ जाने जिप २’ नामाकरण गरिएको एल्वमलाई २०७५ को तिजलाई लक्षित गरेर डिजिटल स्टार पोखराले बजारमा ल्याएको हो । गितमा स्थानिय रहन सहनमा आधारीत मौलिक शव्दहरुलाई समावेश गरिएको गितका शव्द संकलक शिव अंखेलीले बताए । आउदै गरेको हरितालिका तिज नजिकिदै गर्दा तिज गित हरुले बजार तताउने क्रममा आफ्नो गित पनि प्रतिस्पर्धाको दौडमा आएको उनको भनाई छ । पुरानो भाका लाई समेट्दै एउटा नारिको बेदनालाइ समग्र रुपमा गितमा चित्रण गरिएको छ । तारानाथ आचार्य को निर्देशन तथा एरेन्ज , विजय गुरुङ तथा प्रमोद गुरुङ को छायांकन रहेको उक्त गितको म्युजिक भिडियोको सम्पादन नबिन केसी ले गरेका छन् । गीतको म्युजिक भिडियोमा साया भण्डारी तथा सन्तोष पोख्रेल को अभिनय रहेको छ ।
भिडियो हेर्नु होस्