विप्लवद्वारा प्रकाण्ड पक्राउको विरोधमा आन्दोलनको घोषणा

साउन २५ गते देशभर कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द

बागलुङ, २३ साउन – सरकारले विना कारण आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेकाे विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे उल्लेख छ। आन्दोलनका कार्यक्रम अनुसार साउन २५ गते देशभर कोणसभाको आयोजना गरिने, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द गरिने उल्लेख छ। चन्दले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेका छन्। ओली सरकारले राजनीतिक अधिकारलाई एकपछि अर्को गर्दै प्रतिवन्ध लगाउँदै गरेको उनको आरोप छ। आफ्नो पार्टी अधुरो राजनीतिक अधिकार पुरा गर्ने बाटोमा रहेको बताउँदै चन्दले यसलाई कुल्चने, सिध्याउने र दमन गर्ने दु:सप्न नदेख्न चेतावनी दिएका छन्।
प्रहरी प्रधान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले हेटौंडाबाट काठमाडौं फर्किंदै गरेका उनीहरूलाई ललितपुरको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा कपिलवस्तु वाणगंगा घर भएका मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य छन् । हिजो केन्द्रिय सदस्य टेक वहादुर केसी आजादलाई पक्राउ गरिएको थियो । उनीहरूमाथि जबर्जस्ती चन्दा असुली गरेको आरोप छ । उनीहरू सवार गाडीमा प्रहरीले पार्टीको केन्द्रीय आर्थिक विभागको विवरण समेटिएको डायरी पनि फेला पारेको छ । डायरीमा पार्टीले करिब ७ करोड रुपैयाँ चन्दा उठाएको उल्लेख रहेको प्रहरीले जनायो । उनीहरूका साथबाट चन्दा असुलीको खाली रसिद पनि फेला परेको प्रहरीको दाबी छ । परिसरले मंगलबारै जिल्ला अदालत काठमाडौंबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्ने म्याद लिएको छ । प्रहरीले उनीहरूविरुद्ध चन्दा ऐन, २०३३ अनुसार कारबाही माग राखी मुद्दा दर्ताको तयारी गरेको छ ।
नेकपाद्वारा जारी प्रेस विज्ञप्ती :