जिपले ठक्कर दिँदा साइकल यात्री घाईते

थप उपचारको लागि पोखरा रिफर गरियो

बागलुङ, २५ साउन– बागलुङ नगरपालिका–२ गोल्डेन गेट चोकमा शुक्रबार दिउँसो यात्रुबहाक जिपले ठक्कर दिँदा एक जना साईकल यात्री घाईते भएका छन् । बारा जिल्ला नेपागञ्ज घर भई साल्ट टे«डिङ कार्पोरेशन बागलुङ डिपोमा कार्यरत ५० बर्षिय सुब बहादुर गुरुङ जिपको ठक्करबाट घाईते भएका हुन् । उपल्लाचौरदेखी समीटचोका जाँदै गरेको ध १ ज १३८ नम्बरको जिपले बिपरित दिशाबाट साईकलमा यात्रा गरिरहेका गुरुङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दाहिने हात र टाउकोको केही भागमा चोट लागेका गुङङलाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको जिल्ल प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बाल रनसिंह राणाले जानकारी दिए । गुरुङ खतरामुक्त रहेको प्रहरीले जनाएको छ । चालक र जिपलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।